Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2371 - 2376 of 23652
फिल्मीखबर, काठमाडौं, 2024-05-26, आईतवार

द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित भएर बनेको फिल्म ‘खुस्मा’को छायांकन सकिएको छ । पहिलो चरण मनाङमा र दोस्रो चरण पूर्वी रुकुममा पर्ने दुर्गम पहाडी क्षेत्र मैकोट र ताकसेरा क्षेत्रमा छायांकन गरेपछि एउटा गीत बाँकी राख्दै ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । गीतको छायांकन भने केही दिनभित्रमा गरिने लेखक तथा निर्देशक अशोक थापा मगरले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2024-05-26, आईतवार

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ३ मिनेट ४ सेकेण्ड लम्बाईको ट्रेलरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडलाई देखाइएको छ । प्रेम सम्बन्ध टुटेपश्चात् साम्राज्ञीसँग फेरि नजिक बन्न निश्चलले गरेको संघर्षमा ट्रेलर केन्द्रित छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-26, आईतवार

५०-६० को दशक नेपाली फिल्मको उर्बर समय थियो । विदेशी फिल्मको उत्तिसाह्रो दबदबा थिएन । यसैले दर्शकको पहिलो रोजाईमा नेपाली फिल्म पर्दथे । हलमा हप्तौं चल्थे । प्रदर्शनको सय दिन र एकाउन्न दिन सामान्य मानिन्थ्यो । तर, इन्टरनेटको पहुँच बढेसँगै दर्शकको रुचि नेपाली फिल्ममा कम र विदेशी फिल्मतिर बढ्यो । एकै शैलीका फिल्म बन्नु पनि यसको प्रमुख कारण थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-05-25, शनिवार

बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले हलमा दर्शकको मेला लगाएका छन् । सानदार ओपनिङ गरेका दुवै फिल्म शनिबार पनि बक्स अफिसमा चम्किएका छन् । बिहानैदेखि देशभरका हलमा दुवै फिल्मप्रति दर्शकको क्रेज अद्भूत देखिन्छ । दुवै फिल्मले प्राप्त गरेको शोजमा मध्यान्हबाट शतप्रतिशत अकुपेन्सी छ ।

एजेन्सी, काठमाडौं, 2024-05-25, शनिवार

निर्देशक सञ्जय लीला भंसालीको बलिउडमा अग्लो नाम छ । उनले बनाएका फिल्मले बलिउडलाई नै नयाँ दिशा दिने गरेका छन् । विशेषगरी पिरियड ड्रामा (इतिहासको कालखण्ड वा पात्रमाथि) फिल्म बनाउन रुचाउने उनीसँग बलिउडका एकसेएक ‘स्टार’ काम गर्न चाहन्छन् । तर, उनी भने ‘स्टार सिस्टम’ नै हुनुहुँदैन भन्ने पक्षमा देखिन्छन् । बलिउडलाई कलाकार चाहिएको उनको तर्क छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-24, शुक्रवार

सन् २००८ को चर्चित फिल्म ‘सानो संसार’को नाममा एकपटक फेरि फिल्म बन्ने भएको छ । ‘चपली हाइट’ निर्माता अर्जुन कुमारले फिल्मको निर्माण गर्न लागेका हुन् । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरियो । फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती)ले मुहूर्त सट दिएकी थिइन् ।

Results : 2371 - 2376 of 23652
Most Visited News (monthly)