Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2395 - 2400 of 23498
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ३०, शुक्रवार

फिल्म रिलिजका लागि नयाँ वर्ष उपयुक्त मानिन्छ । यसैले यसपटक पनि नयाँ वर्ष २०८१ छोप्न दुई फिल्म प्रदर्शनमा आएका छन् । ‘कबड्डी’ श्रृंखलाका रामबाबु गुरुङको निर्देशनमा बनेको ‘डिग्री माइला’ र फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ले शुक्रबारबाट प्रदर्शन सुरु गरेका हुन् । दुवै फरक कथामा र फरक शैलीमा निर्माण भएका कारण यसका लक्षित दर्शक पनि अलग हुनसक्छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २९, बिहिवार

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले सहकार्य गर्ने प्रायः फिल्मलाई ‘कबड्डी’ श्रृंखलाको ह्याङबाट मुक्त हुन नसकेको आरोप लाग्ने गरेको छ । कथाको बनावट होस् वा पात्रको मनोदशा, उनीहरुका फिल्ममा ‘कबड्डी’को प्रभाव कहीँ न कहीँ देखिन्छ । यही चैत ३० गते रिलिज हुने उनीहरुको नयाँ फिल्म ‘डिग्री माइला’मा पनि त्यसको प्रभाव देखिएको त छैन भन्ने प्रश्न उठिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २९, बिहिवार

अक्सर सफलताको दौडमा रहने नेपाली फिल्मको व्यापार दोस्रो साताबाट कमजोर हुँदै जान्छ । तर, होलीको अवसरमा प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’को हकमा फरक परिदृश्य देखिएको छ । भोलि (शुक्रबार)बाट चौंथो हप्तामा प्रवेश गर्न लागेको फिल्मले दोस्रो र तेस्रो हप्ता पनि आक्रामक व्यापारलाई यथावत् राख्यो । यो दुई हप्तामा मात्र फिल्मले झन्डै ८ करोडको व्यापार गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २९, बिहिवार

आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ स्टारकास्टका कारण चर्चामा छ । पहिलोपटक नेपाली फिल्मका तीन स्टारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिन लागेकाले फिल्मले बक्स अफिसमा राम्रो नतिजा ल्याउन सक्ने प्रक्षेपण गरिएको छ । उनीहरुको लुक्सले पनि दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २८, बुधवार

रियालिटी शो ‘कमेडी च्याम्पियन’मा सहभागी भएर चर्चामा आएका कलाकारहरुको फिल्ममा उपस्थिति बढ्दो छ । सुमन कार्कीले ‘दिमाग खराब’ र ‘महाजात्रा’मा काम गरिसकेका छन् । सजन श्रेष्ठले फिल्म ‘मेयर’बाट डेब्यू गर्दैछन् भने आदर्श मिश्रले फिल्म ‘ह्रस्व दीर्घ’मा काम गरिसकेका छन् । त्यस्तै, पहिलो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्तको पनि फिल्ममा व्यस्तता बढिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २८, बुधवार

यस वर्षको अन्तिम रिलिज फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा उच्च व्यापार गर्ने अनुमान गरिएको छ । यसका दुईवटा आधार छन् । पहिलो, यो ‘कबड्डी’ समूहको फिल्म हो । त्यसको प्रभाव व्यापारमा देखिन सक्छ । दोस्रो, ट्रेलरले बनाएको हाइप राम्रो छ । दर्शकलाई हलमा आकर्षित गर्ने यो बलियो आधार हुनसक्छ । ‘वर्ड अफ माउथ’ पनि राम्रो आए फिल्मले हलमा लामो यात्रा गर्नेछ ।

Results : 2395 - 2400 of 23498