Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2383 - 2388 of 23805
फिल्मीखबर, काठमाडौं, 2024-07-01, सोमवार

गत वर्षको बैशाख १ गते फिल्म ‘बुलाकी’ प्रदर्शनमा आएको थियो । तर, यही मिति प्रदर्शन भएको फिल्म ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि निर्माताले दुई दिनमै फिल्म हलबाट उतारेका थिए । अब आगामी साउन ३२ गतेबाट फिल्मलाई पुनः प्रदर्शन गरिने भएको छ । भदौ ३ जनै पूर्णिमा र भदौ ४ गते गाईजात्राको सार्वजनिक विदालाई लक्षित गर्दै फिल्मलाई प्रदर्शन गर्न लागिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-07-01, सोमवार

लक्ष्मण सुवेदीको निर्देशनमा बनेको तेस्रो फिल्म ‘सतीदेवी’ पूर्वघोषित मिति (साउन ४ गते) बाट झन्डै एक महिना पछाडि सरेको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ७ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी दिलासा क्रिएशनले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-01, सोमवार

दयाहाङ राई अहिलेको समयका ‘नम्बर वान’ अभिनेता हुन् भन्दा सम्भवतः अतिशयोक्ति नहोला । किनकि, केही वर्षयता सबैभन्दा बढी उनकै फिल्म चलेका छन् । यद्यपि, असफलताको दर पनि कम छैन । यतिबेला फिल्म क्षेत्रलाई नै आफ्नो काँधमा बोकिरहेका उनलाई फिल्मको प्रस्ताव सबैभन्दा बढी पुग्ने गर्छ । यसैले त अचेल वर्षमा महिनाभन्दा ज्यादा उनको ‘लाइनअप’मा फिल्म हुन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-07-01, सोमवार

नेपालमा व्यावसायिक रुपमा सफलता हासिल गरेको फिल्म ‘पूजार सार्की’ यतिबेला विदेशमा समेत प्रदर्शन भइरहेको छ । जापान, यूके, दक्षिण कोरिया, यूरोप, कतार लगायतका देशपछि आइतबार हङकङमा पनि फिल्म प्रदर्शन गरियो । जसमा सहभागी हुन नेपालबाट फिल्मका अभिनेताहरु आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बू र लेखक विकास सुवेदी हङकङ पुगेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-06-30, आईतवार

६/७ वर्षअघि अभिनेत्री अनु शाहले फिल्म र म्यूजिक भिडियो लगातार गरिरहेकी थिइन् । तर, कोभिडपछि उनले म्यूजिक भिडियो छिटपुट गरिरहेको भए पनि फिल्मको अफर लगभग शून्यजस्तै छ । उनी ठूलो पर्दामा नदेखिएको नै ४/५ वर्ष भइसकेको छ । अब उनको कमब्याक फिल्म ‘ईश्वर’ आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्मप्रति उनलाई ठूलो आशा छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-30, आईतवार

अनिता पण्डितको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ । यसको सुरुवात पोखराबाट हुन लागेको हो । यही असार २५ गते मंगलबार साँझ पोखराको ट्रेड मलस्थित क्यूएफएक्स (सिनेप्लेक्स) हलमा फिल्मको पहिलो प्रदर्शन हुँदैछ । यसपछि अरु सहर र देशबाहिर पनि प्रदर्शन गरिने निर्देशक पण्डितले जानकारी दिइन् ।

Results : 2383 - 2388 of 23805