Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2383 - 2388 of 24232
फिल्मीखबर, काठमाडौं, 2024-10-30, बुधवार

गायक समेत रहेका अभिनेता मुरलीधर पछिल्लो समय विरलै फिल्ममा देखिने गरेका छन् । फिल्म ‘भैरव’पछि उनले ८ वर्ष फिल्म नै गरेनन् । गत वर्ष आएको फिल्म ‘काँडेतार’बाट उनको कमब्याक भयो । तर, फिल्म नचल्दा उनको चर्चा भएन । दशैंमा आएको उनको नयाँ फिल्म ‘१२ गाउँ’ले भने ठूलो सफलता हासिल गरेको छ । र, यसले उनलाई नयाँ पुस्तामा समेत चिनाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-30, बुधवार

यसपालिको दशैंमा आएका चार फिल्ममध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले घरेलु बक्स अफिसमा सुनामी नै ल्याए । दशैं विदाभरि दुवै फिल्मले आक्रामक व्यापार गरेका थिए । अझै पनि हलहरुमा यी दुई फिल्मकै दबदबा छ । तिहार विदामा समेत व्यापारमा उछाल देखिन सक्ने प्रक्षेपण गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-29, मंगलवार

राजनीतिप्रति जनवितृष्णा चुलिँदो छ । अस्थिर राजनीतिले देशको अवस्था नै नाजुक बन्न थालेपछि दिनहुँ देश रित्तो बनिरहेको छ । रोजगारी नभएर जनशक्ति बाहिरिरहेका छन् । शिक्षा, स्वास्थ्य, बाटोघाटोको अवस्था सुध्रिन सकेको छैन । सत्ताकै लागि मात्र राजनीति सीमित हुँदा कलाकारहरु पनि चिन्तित बन्न थालेका छन् । कतिपय त अब व्यवस्था नै परिवर्तन हुनुपर्छ भन्ने पक्षमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-29, मंगलवार

ज्योतिषको रुपमा परिचित छन्, हरिहर अधिकारी । तर, उनले आफ्नो परिचयको दायरा फराकिलो बनाइरहेका छन् । फिल्म ‘शुभ लभ’बाट नायक बने । अब यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा उनको निर्माण र अभिनय दुवै छ । लेखन पनि उनकै हो । ज्योतिष भएकाले उनले आफ्नो फिल्मको ग्रह-दशा चाहिँ कस्तो देखेका होलान् भन्ने चासो धेरैमा छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-29, मंगलवार

नेपाली फिल्म क्षेत्रमा कलाकारलाई विभिन्न ‘ट्याग’ दिने प्रचलन बढ्दो छ । ‘महानायक’, ‘मेगास्टार’, ‘सुपरस्टार’ जस्ता ट्यागबाट नेपाली कलाकारहरु सुशोभित भैसकेका छन् । केहीलाई दिइएको ‘ट्याग’ दर्शकले स्वीकार पनि गरेका छन् भने केहीलाई सीमित फिल्मकर्मीहरुले मात्र मान्ने गरेको देखिन्छ । कलाकारलाई दिइने ‘ट्याग’को औचित्यमाथि बेला बखतमा बहस पनि भैरहेको हुन्छ ।

एजेन्सी, काठमाडौं, 2024-10-28, सोमवार

ओटीटी प्लेटफर्ममा सर्वाधिक सफल वेब सिरिज ‘मिर्जापुर’को तीनवटा सिजन आइसकेको छ । अब यसको नाम, कथा र पात्रमा फिल्म बन्ने भएको छ । सोमबार निर्माण कम्पनी एक्सेल मुभिजले टिजरमार्फत् फिल्म निर्माणको घोषणा गर्‍यो । फिल्ममा सिरिजकै प्रमुख कलाकारहरु पंकज त्रिपाठी (कालीन भैया), दिव्येन्दु शर्मा (मुन्ना भैया) र अली फजल (गुड्डू पण्डित)को अभिनय रहनेछ ।

Results : 2383 - 2388 of 24232
Most Visited News (monthly)