मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2353 - 2358 of 22627
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ४, बिहिवार

भदौ १२ गते राष्ट्रपति कार्यालयमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषणा नभएको विषयमा अदालतमा रिट निवेदन परेको छ । फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ बिहीबार दिउँसो उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेका हुन् ।

एजेन्सी, मुम्बई, २०८० आश्विन ४, बिहिवार

८०/९० को दशकमा बलिउडमा आफ्नो ठूलो दबदबा बनाएका सुपरस्टार गोविन्दा केही वर्षयता फिल्मविहीन छन् । उनलाई लिएर फिल्म बनाउन मेकरहरुले नै इच्छा देखाएका छैनन् । त्यसको मुख्य कारण उनको खस्कँदो क्रेज हो । कुनै समय उनलाई फिल्ममा लिनकै लागि मेकरहरु महिनौंसम्म कुर्थे । प्रायः हरेक फिल्म सुपरहिट हुन्थे । तर, अहिले गोविन्दाका लागि त्यो सपना बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ४, बिहिवार

बाबु साहेव बलामीको निर्देशनमा बनेको फिल्म ‘देव वाणी’को आगामी पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दुईवटा पोस्टरमध्ये एउटामा सुनिल थापा, कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड छन् । कुन्दन हातमा तरवार लिएर एक्सन मुडमा देखिएका छन् । त्यस्तै, दोस्रो पोस्टरमा कुन्दनलाई ‘एङ्ग्री योङम्यान’को रुपमा चित्रित गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ४, बिहिवार

‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले करिब ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । ‘बिरामी मुलुक’ बोलको गीतमा जयन जे वाइवाको शब्द रचना, संगीत तथा स्वर छ । गीतले नागरिकको निराशा बोल्छ । देशको राजनीतिक र आर्थिक अवस्थाले नागरिकको जीवनमा पारेको प्रभावलाई गीतमार्फत् व्यक्त गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ३, बुधवार

अभिनेता तथा निर्माता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका श्रेणी खतिवडासँग बुधबार काठमाडौंको पाँचतारे होटल र्‍याडिसनमा टीकाटालो गरेका हुन् । इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारका सदस्यका साथै गौरव नजिकका सुनील थापा, विल्सन विक्रम राई, उदय सुब्बालगायतका फिल्मकर्मीहरु पनि उपस्थित थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ३, बुधवार

नेपाली फिल्मको विकास र प्रवर्द्धनको लागि राज्यद्वारा गठन भएको चलचित्र विकास बोर्डको औचित्यमाथि पटक-पटक प्रश्न उठ्दै आएको छ । फिल्मको सृजनात्मक स्वतन्त्रतामाथि हस्तक्षेप गर्नेदेखि निर्मातालाई प्रक्रियाको नाममा अनावश्यक झमेला दिने कार्यले बोर्ड खारेजीको माग बेखाबखतमा चर्को रुपमा उठ्ने गर्छ । अहिलेसम्म फिल्मकर्मीले बोर्ड हुनुको अनुभूति नै गर्न पाएका छैनन् ।

Results : 2353 - 2358 of 22627