Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2353 - 2358 of 23652
फिल्मीखबर, काठमाडौं, 2024-05-30, बिहिवार

आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लम्बाईको ट्रेलरले बदलाको कथामा फिल्म केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलरमा अभिनेत्री पूजा शर्मा हाबी छिन् । उनको चरित्रमा ‘हिरोइज्म’ देखिन्छ । कयौं गुन्डासँग उनी एक्लै भिडिरहेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-30, बिहिवार

नेपाली फिल्म क्षेत्र केही सीमित कलाकारको वरिपरि घुमेको छ । अभिनेतामा दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का र पल शाहको बोलबाला छ । अभिनेत्रीहरुमा स्वस्तिमा खड्का, पूजा शर्मा, वर्षा राउत, साम्राज्ञी आरएल शाह बढी चलेका छन् । जसले गर्दा मेकरहरुलाई कलाकारमा धेरै विकल्प छैन । यसैले एउटै कलाकार प्रायः फिल्ममा दोहोरिरहन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-30, बिहिवार

सफल फ्रेन्चाइज ‘छक्का पञ्जा’को अब पाँचौं श्रृंखला निर्माण हुने भएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी दशैंको फूलपाती (असोज २४ गते)लाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्मलाई दीपाश्री निरौलाको निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा ४’लाई भने हेमराज विसीले निर्देशन गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-05-29, बुधवार

अभिनेत्री निशा अधिकारीले निर्माण गरेको पहिलो फिल्म थियो, ‘झ्यानाकुटी’ । यो २०७४ सालमा आएको थियो । यसबाट उनलाई घाटा भएन । फिल्मको दृश्यभाषा पनि बलियो थियो । अब फेरि उनी फिल्म निर्माणको तयारीमा जुटेकी छन् । ‘झ्यानाकुटी’ लेखक प्रदीप भारद्वाजले यतिबेला स्क्रिप्ट लेखिरहेका छन् । निशाले यो फिल्मबाट निर्देशनमा पनि डेब्यु गर्न लागेको चर्चा चलिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-29, बुधवार

कुनै बेला अभिनेत्री रेखा थापाको अनुहार पोस्टरमा राखेको भरमा फिल्म चल्ने युग थियो । करिब एक दशक फिल्म क्षेत्रमा उनको नामको सिक्का राम्रै चल्यो । तर, समय सधैं एकनाश हुँदैन । विगत ७/८ वर्षयता उनको स्टारडम हलमा देखिन सकेको छैन । गत फागुनमा आएको ‘उपहार’प्रति उनलाई धेरै ठूलो अपेक्षा थियो । तर, यसले पनि उनको पुरानो स्टारडमलाई पूनर्जीवन दिन सकेन ।

फिल्मीखबर, काठमाडौं, 2024-05-29, बुधवार

अभिनेत्री अञ्जना बराइलीका लागि फिल्म करिअर सुखद् बनिरहेको छ । उनलाई पहिलो फिल्म ‘महापुरुष’बाटै सफलता मिल्यो । यतिबेला हलमा प्रदर्शन भइरहेको फिल्म ‘पूजार सार्की’ पनि सफलताको बाटोमा लम्किँदैछ । यसरी हेर्दा उनलाई फिल्ममा राम्रै ‘लक’ लागेको देखिन्छ । उनलाई फिल्मको प्रस्ताव पनि निरन्तर आइरहेको छ । अहिले उनको पाइपलाइनमा २ वटा फिल्म छन् ।

Results : 2353 - 2358 of 23652
Most Visited News (monthly)