Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23497 - 23502 of 23706
फिल्मीखबर, काठमाण्डौ, 2010-09-18, शनिवार
मलेसियाको समुद्रमा चलचित्र मिस यू को छायाकंन भइरहेको अवस्थामा नायिका नम्रता श्रेष्ठ, नायक दिलीप रायमाझी र बरूण राणा चढेको डुङ्गा पल्टिएको जानकारी प्राप्त भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-18, शनिवार
चुरेभावर राष्ट्रिय पार्टीका  एक मात्र सभासद केशव मैनालीका कान्छा छोरा सुशाङ्ख मैनाली  नायक बन्ने भएका छन् ।  रामराजा दाहालको निर्देशनमा बन्न लागेको चलचित्र 'बटालियन फाईभ' मा अन्य तीन नायक भुवन केसी, आयुष रिजाल र आदित्य बुढाथोकीसंगै उनी आर्मी अफिसरको रोलमा देखा पर्दैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-18, शनिवार
वर्ल्ड वाइड मुभी मेकर्स प़ालिको दोस्रो प्रस्तुती रहेको नेपाली चलचित्र 'वीरताको चिनो' को अहिले बेलायतका बिभिन्न शहरहरूमा प्रदर्शन भईरहेको छ ।     चलचित्र प्रदर्शनको क्रममा निर्देशक तथा निर्माता शंकर घिमिरे र नायिका ऋचा घिमिरे अहिले स्कटल्याण्ड पुगेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-18, शनिवार
मानब अधिकार तथा लोकतान्त्रिक मन्च अष्ट्रेलिया र रमाईलो इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा अष्टेलियामा ग्रेटर नेपाल नामक बृत्तचित्र प्रदर्शन हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-18, शनिवार
निर्माता तथा निर्देशक अशोक शर्मालाई चिन्ने र भेट्ने जति प्राय सबैले फिल्म कहिले बनाउने भनेर सोध्ने गर्छन ?  कोहीले त उनलाई चलचित्र बनाउने पेशाबाट  हात धुनु भयो कि क्याहो पनि भन्न छुटाउदैनन्  ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-17, शुक्रवार
नायिका कृष्टी मैनालीले दोहोरो भूमिकामा अभिनय गरेको चलचित्र 'कसम' अब धेरै पुरानो भएको छ । अहिले सोही नाममा पुन: अर्को नेपाली चलचित्र 'कसम' निर्माण भएको छ जुन चलचित्र अहिले सम्पादनको अन्तिम तयारीमा छ ।
Results : 23497 - 23502 of 23706
Most Visited News (monthly)