
आगामी साउन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठलाई समेट्दै सार्वजनिक दुईवटा छुट्टाछुटै पोस्टरले उनीहरुको चरित्रचित्रण गर्छ । र, मनोदशा दर्शाउँछ । वर्षा रिसाहा भावमा प्रस्तुत छिन् भने अमर बाँसको मोटो भाटा लिएर एक्सन मुडमा देखिएका छन् ।

फिल्म ‘गाउँ आएको बाटो’ भोलि शुक्रबारबाट प्रदर्शन हुँदैछ । यो फिल्मलाई लिएर दर्शकको एउटा तप्का अधैर्य देखिन्छ । यसको पछाडि सबैभन्दा ठूलो कारण निर्देशक नवीन सुब्बा हुन् । ‘नुमाफुङ’ जस्तो जीवन्त फिल्म दिएका उनको यो कमब्याक फिल्म हो । त्यसमाथि संसारका धेरै प्रतिष्ठित फेस्टिभल डुलिसकेकाले फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता र चासो धेरैमा देखिएको छ ।

फिल्म ‘प्रसाद-२’को विवादमा पक्राउ परेका निर्देशक सुदर्शन थापा रिहा भएका छन् । सोमबार दिउँसो फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्ने बेला बालुवाटारको एक होटलबाट पक्राउ परेका उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानीमा रिहा गर्न आदेश दिएको हो ।

गत जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’को हलमा प्रभाव कम हुँदै गएको छ । मल्टीप्लेक्सहरुमा शोज र दर्शक घटिरहेका छन् । यसैबीच, अब यही शुक्रबार (जेठ २५ गते)बाट दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’ प्रदर्शनमा आउने तयारीमा छन् । यी दुवै फरक कथामा निर्माण भएकाले यसका लक्षित वर्ग पनि फरक छन् ।

करिअरमा सफलता र असफलता दुवै देखेका अभिनेता हुन्, आर्यन सिग्देल । डेब्यु फिल्म ‘किस्मत’ सफल भएपछि उनले करिअर फर्केर हेर्नुपरेन । लभस्टोरी फिल्ममा निर्विकल्पझैँ थिए । त्यसबेलाका सर्वाधिक महंगा हिरो हुन् उनी । तर, संख्यात्मक रुपमा धेरै फिल्म गर्दा उनले आफ्नो स्टारडम भने जोगाउन सकेनन् । त्यसपछि पछ्याएको असफलताले उनको करिअर नै संकटमा पार्यो ।

कोही व्यक्ति ‘लाइमलाइट’मा छ भने उनीहरुमाथि सबैभन्दा अगाडि फिल्मकर्मीहरुको आँखा पुग्छ । सामाजिक सञ्जालमा भाइरल भएका हुन् वा कुनै विशेष उपाधि जितेर चर्चामा आएका हुन्, उनीहरुमा मेकरहरुले हिरो/हिरोइन देख्न थाल्छन् । त्यसपछि फिल्म प्रस्तावको ओइरो नै लाग्छ । अभिनय क्षमताको आधारमा भन्दा पनि उनीहरुको लोकप्रियता ‘क्यास’ गर्न फिल्ममा लिने प्रवृति छ ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

