


भदौमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा सर्वोत्कृष्ट फिल्मको विधा गायब भएपछि उत्पन्न विवाद अदालतसम्म पुगेको छ । जुरीले ‘प्रकाश’को नाम सर्वोत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी माओवादी केन्द्रलाई नकारात्मक रुपमा चित्रण गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै मुख्य विधा नै हटाइएको चर्चा छ ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शितल निवासमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्ने चलचित्र विकास बोर्डविरुद्ध उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार बोर्डलाई जुरी (राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटा) निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको छ ।

फिल्म बनाउँदै गर्दा मेकरले आफ्नो लक्षित दर्शक पहिल्याउन सक्नुपर्छ । यो हुँदा प्रचार-प्रसारमा सहज हुन्छ । तर, नेपालका प्रायः मेकरहरुलाई आफ्नो फिल्मको लक्षित वर्ग नै थाहा हुँदैन । अन्धाधुन्ध प्रचार गरिरहेका हुन्छन् । पैसा र समय दुवै खेर गैरहेको छ । यही असोज २६ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘परदेशी २’ले भने लक्षित दर्शक ठम्याएर त्यो वर्गमा पुग्ने प्रयास गरिरहेको छ ।

रंगकर्मी तथा फिल्म निर्देशक अनुप बरालले अभिनय सिकाउने उद्देश्यले ‘एक्टर्स स्टुडियो’ सञ्चालन गरेको वर्षौं भैसकेको छ । त्यहाँबाट अभिनय सिकेका धेरै कलाकार अहिले नेपाली फिल्ममा स्थापित छन् । सोही स्टुडियोको पहिलो ब्याचकी विद्यार्थी तथा अभिनेत्री उषा रजकले भने अनुप बरालले राम्रो रोल र स्क्रिप्ट आउँदा अभिनेत्री दीया मास्के (श्रीमती)लाई अनुबन्धित गराउने गरेको आरोप लगाएकी छन् ।