
तीजको अवसर पारेर भदौ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ‘हिट’को ट्याग पाएसँगै निर्माताले सिक्वेल निर्माणको घोषणा गरेका छन् । निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने सहमति भएपछि सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । ‘नाङ्गो गाउँ २’ शीर्षक रहने फिल्मलाई ‘अ पोलिटिकल कमब्याक’ भनिएको छ ।

यस वर्षका लागि अभिनेत्री केकी अधिकारीको तेस्रो फिल्म ‘परदेशी २’ दशैंको छेको पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मप्रति उनमा व्यावसायिक सफलताको ठूलो आशा देखिन्छ । यसैले प्रचारमा पनि राम्रै खटिएकी छन् । यतिबेला प्रचारको सिलसिलामा मोफसल यात्रामा रहेकी उनले यो फिल्मबाट मौलिक कथामा काम गर्ने रहर पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् ।

बलिउड अभिनेत्री परिणीति चोपडा वैवाहिक जीवनमा बाँधिएकी छन् । उनी आम आदमी पार्टीका नेता तथा सांसद राघव चड्ढासँग विवाह बन्धनमा बाँधिएकी हुन् । आइतबार भारतस्थित उदयपुरको लीला प्यालेसमा उनीहरुको विवाह भएको हो । दुवैले विवाहको तस्विरहरु आ-आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै श्रीमान्-श्रीमती हुन पाउँदा अत्यन्त हर्षित भएको उल्लेख गरेका छन् ।


सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’को अघिल्लो हप्ता सार्वजनिक गरिएको अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स पोस्टरले राम्रो चर्चा बटुल्यो । अब फिल्मका अर्का मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई फिचर्ड गरेर आइतबार नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमा दुवैलाई बाँधेर कोठाभित्र बन्धक बनाइएको अवस्थामा देख्न सकिन्छ ।

सुपरहिट जोडी दयाहाङ राई र मिरुना मिरुना मगरको चौंथो सहकार्य रहेको फिल्म ‘रङ्गेली’को यतिबेला पूर्वमा छायांकन भैरहेको छ । आगामी फागुन २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको प्रिमियर भने अष्ट्रेलियाको मेलबर्न शहरमा गरिने भएको छ । आगामी माघको अन्तिम हप्ता फिल्मको प्रिमियर गरिने निश्चित भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।