Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2305 - 2310 of 23652
फिल्मीखबर, काठमाडौं, 2024-06-11, मंगलवार

कुनै समय अभिनेता राजेश हमालका फिल्म वर्षमा महिनाभन्दा ज्यादा रिलिज हुन्थे । विगत ७/८ वर्षयता भने उनका एउटै फिल्म आएका छैनन् । उनको पछिल्लो फिल्म ‘सकुन्तला’ थियो । यसपछि उनले फिल्ममा काम नै गरेका छैनन् । जसले गर्दा अब उनले फिल्म क्षेत्र छाडेका त होइनन् भन्ने आशंका उब्जिएको छ । र, यसबारेमा उनले प्रष्टीकरण समेत दिनुपर्ने अवस्था आइपुगेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-10, सोमवार

एउटा मितिमा दुईवटा फिल्मसम्म नेपालको बजारले धान्न सक्ने अवस्था बनिसकेको छ । किनभने, यतिबेला देशभर मल्टीप्लेक्सको संख्या बढेको छ । जसले गर्दा शोज पर्याप्त मिल्छ । फिल्म अब्बल छ भने दर्शकको पनि अभाव हुँदैन । यही जेठ १० गते आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले यो पुष्टि गरिसकेका छन् । भिडन्तको बावजूद व्यापारमा दुईवटै फिल्म सशक्त देखिए ।

फिल्मीखबर, काठमाडौं, 2024-06-10, सोमवार

अभिनेताको रुपमा चिनिएका छन्, आयुष्मान देशराज जोशी । ‘चपली हाइट २’बाट डेब्यु गरेका उनले त्यसपछि करिब आधा दर्जन फिल्म गरे । तर, विस्तारै उनको रुचि अभिनयभन्दा छायांकनतर्फ ढल्किएको छ । लकडाउनको समयमा उनले वेब सिरिज ‘जस्ट एनदर लभस्टोरी’ खिचेका थिए । यसैक्रममा, उनले छायांकन गरेको अर्को वेब सिरिज ‘साहु बा’ अब सार्वजनिक हुने तयारीमा छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-10, सोमवार

अभिनेता किशोर खतिवडालाई मुख्य भूमिकामा लिएर फिल्म ‘अष्ट्रेलियन दुल्हा’को छायांकन सुरु गरिएको छ । पूर्वी चितवनस्थित रत्ननगरको हरिहर मन्दिरमा आइतबार मुहूर्तपछि फिल्मको छायांकन थालिएको हो । एक महिनाको सेड्युलमा फिल्मको सम्पूर्ण छायांकन चितवन आसपासमा हुनेछ । फिल्मले अष्ट्रेलिया जान नक्कली विवाह गर्ने प्रवृतिप्रति व्यंग्य गर्ने शीर्षकबाट बुझ्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-10, सोमवार

गत वर्षको माघमा प्रदर्शन भएको ‘दयारानी’बाट अभिनेता माओत्से गुरुङ मुलधारको फिल्म निर्देशनमा होमिएका थिए । यो फिल्म व्यावसायिक रुपमा सफल भएपछि उनी अब दोस्रो फिल्मको तयारीमा जुटेका छन् । ‘पेन्सनपट्टा’ शीर्षक तय गरिएको फिल्मलाई उनी स्वयंले निर्देशनसँगै निर्माण गर्नेछन् । लेखन पनि उनी स्वयंको हो । फिल्मको छायांकन दशैं अगाडि नै गर्ने उनको तयारी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-09, आईतवार

‘तीनपाते’, ‘के माया लाग्छ र ?’ जस्ता चर्चित गीतको भिडियोमार्फत् निर्देशनमा जमेका नवीन चौहानले आफ्नो डेब्यु फिल्म ‘ऊनको स्वीटर’को छायांकन सुरु गरेका छन् । आइतबार पाँचथरस्थित साधुटारमा शुभमुहूर्तपछि छायांकन थालिएको हो । फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिँदैछन् । तर उनीहरु केही दिनपछि मात्र छायांकनमा जोडिनेछन् ।

Results : 2305 - 2310 of 23652
Most Visited News (monthly)