
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशनको कमाण्ड सम्हालेको नयाँ फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ । गएको शनिबार नक्साल भगवती मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको शुक्रबारबाट ओखलढुङ्गास्थित रुम्जाटार (निर्देशक गुरुङको गाउँ)मा क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो । फिल्मको पहिलो चरणको छायांकन रुम्जाटारमै गरिनेछ ।

गत भदौ १२ गते राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट फिल्मको विधा नै गायब बनाइएको थियो । जबकि, फिल्म अवार्डमा उत्कृष्ट फिल्मको विधा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । जुरी कमिटीले सिफारिस गरेको फिल्मलाई तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले अवार्ड दिन नचाहेपछि उक्त विधा नै हटाइएको चर्चा छ ।

भदौ १२ गते राष्ट्रपति कार्यालयमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषणा नभएको विषयमा अदालतमा रिट निवेदन परेको छ । फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ बिहीबार दिउँसो उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेका हुन् ।

८०/९० को दशकमा बलिउडमा आफ्नो ठूलो दबदबा बनाएका सुपरस्टार गोविन्दा केही वर्षयता फिल्मविहीन छन् । उनलाई लिएर फिल्म बनाउन मेकरहरुले नै इच्छा देखाएका छैनन् । त्यसको मुख्य कारण उनको खस्कँदो क्रेज हो । कुनै समय उनलाई फिल्ममा लिनकै लागि मेकरहरु महिनौंसम्म कुर्थे । प्रायः हरेक फिल्म सुपरहिट हुन्थे । तर, अहिले गोविन्दाका लागि त्यो सपना बनेको छ ।

बाबु साहेव बलामीको निर्देशनमा बनेको फिल्म ‘देव वाणी’को आगामी पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दुईवटा पोस्टरमध्ये एउटामा सुनिल थापा, कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड छन् । कुन्दन हातमा तरवार लिएर एक्सन मुडमा देखिएका छन् । त्यस्तै, दोस्रो पोस्टरमा कुन्दनलाई ‘एङ्ग्री योङम्यान’को रुपमा चित्रित गरिएको छ ।

‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले करिब ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । ‘बिरामी मुलुक’ बोलको गीतमा जयन जे वाइवाको शब्द रचना, संगीत तथा स्वर छ । गीतले नागरिकको निराशा बोल्छ । देशको राजनीतिक र आर्थिक अवस्थाले नागरिकको जीवनमा पारेको प्रभावलाई गीतमार्फत् व्यक्त गरिएको छ ।