
गत वर्ष सर्वाधिक फिल्म रिलिजको ‘रेकर्ड’ अभिनेता दयाहाङ राईको नाम रह्यो । कूल ९ वटा फिल्म प्रदर्शन भएका थिए । लगभग यही संख्यामा छायांकन पनि गरे । तर, फिल्मको संख्यात्मक वृद्धिले दर्शक भड्किने अवस्था आएपछि उनले गत चैतदेखि न नयाँ फिल्म साइन गरे न छायांकनमा जोडिए । बरु यो बीचमा प्रदर्शन भएका आफ्ना फिल्मको प्रचारमा समय दिए । विदेश पनि घुमे ।

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खुस्मा’को पहिलो रोमान्टिक गीत ‘खुशीका पल बटुलेर’ युट्युबमार्फत् सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको संयुक्त गायन रहेको छ भने राम अविरल विष्टको शब्द रचना तथा गायक योगी स्वयंले संगीत भरेका छन् । गीत कर्णप्रिय सुनिन्छ ।

गत फागुनमा प्रदर्शन भएको फिल्म ‘गोर्खा वारियर’ले अपेक्षाकृत व्यापार गर्न सकेन । तर, फिल्मको मेकिङ र कथावस्तुको प्रशंसा भएको थियो । अब यो फिल्म कोरियाली भाषामा प्रदर्शन हुने भएको छ । त्यसका लागि पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सले कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले ७ वर्षका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यही साउन ९ गतेबाट रिक्त हुँदैछ । अर्थात् भुवन केसीको कार्यकाल सकिँदैछ । उनी बोर्डबाट विदा हुन एक हप्ता बाँकी हुँदा अध्यक्षका लागि फिल्मकर्मीहरुको दौडधुप सुरु भैसकेको छ । असारको सुरुवातसम्म माओवादी निकट फिल्मकर्मीहरु अध्यक्षका लागि ‘लबिङ’मा थिए । त्यसबेला सरकार माओवादीको थियो ।

दर्शकमाझ उत्तिधेरै परिचित अभिनेता होइनन्, पृथ्वीराज प्रसाईं । तर, उनको नाममा ‘किस्मत २’ र ‘मंगलम’ गरी दुई सफल फिल्म छन् । संख्यामा भने उनको आधा दर्जन फिल्म पुगिसकेको छ । तर, सन् २०१८ मा प्रदर्शन भएको ‘डोली’पछि उनी कुनै फिल्ममा देखिएनन् । ५ वर्षपछि उनले फिल्म ‘ईश्वर’बाट कमब्याक गरेका छन्, जुन यही साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्मप्रति दर्शकलाई आकर्षित गर्न नेपाली निर्माताहरुले विभिन्न उपहार योजना ल्याइरहेका हुन्छन् । आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’ले भने दर्शकलाई सुन उपहार दिने भएको छ । सोमबार ललितपुरस्थित झम्सिखेलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले फिल्म हेर्ने दर्शकमध्ये १२ जनालाई सुन उपहार दिने बताए ।

