
नेपाली फिल्ममा के भाष्य बनेको छ भने विवाहपछि अभिनेत्रीको करिअर सुस्ताउँछ । कुनै समय यो नदेखिएको होइन । तर, नयाँ छिमलका अभिनेत्रीहरुले यो भाष्यलाई तोड्दै गएका छन् । बरु विवाहपछि करिअरको उँचाइमा पुगेका धेरै अभिनेत्री छन् । आँचल शर्मा पनि यही भीडमा पर्छिन् । विवाह गरेपछि केही समय सुस्ताएझैँ देखिएकी उनी यतिबेला फिल्ममा ‘डिमान्डेड’ बनिरहेको छ ।

वर्षेनि ५० हाराहारी फिल्म रिलिज हुन्छन् । त्यसमध्ये केही फिल्मबाट नयाँ अनुहार भित्रन्छन् । तर, धेरैको करिअर डेब्यु फिल्मबाटै उठ्न सक्दैन । कोही फिल्म असफलताको मारमा पर्छन् त कोही अभिनयमा आफ्नो प्रभाव छाड्न नसक्दा लाखापाखा लाग्छन् । जसले गर्दा फिल्म क्षेत्रमा नयाँ अनुहारले आफ्नो पकड बनाउन सकेका छैनन् । चल्तापूर्जा कलाकारहरुकै हालिमुहाली देखिन्छ ।

नेपाली फिल्मका सर्वाधिक सफल अभिनेता राजेश हमाल ६०औं वसन्तमा टेकेका छन् । २०२१ साल जेठ २७ गते पाल्पा जिल्लाको तानसेनमा जन्मिएका उनले आफ्नो जन्मदिनको अवसरमा आइतबार बिहान पत्नी मधु भट्टराईको साथमा बूढानीलकण्ठ मन्दिरमा वैदिक विधिअनुसार पूजापाठ गरेका छन् । उनले पूजापाठ गरेका तस्वीरहरु फेसबुकमा सेअर गर्दै ‘जन्मदिन’ भनेर लेखेका छन् ।

गत वर्ष प्रदर्शित फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले करिअरको दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरेका छन् । बिहीबार (जेठ २४ गते) ओखलढुङ्गास्थित रुम्जाटारमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजाआजा गरेपछि सुरु गरिएको छायांकनमा पहिलो दृश्य नै प्रकाशसहित बालकलाकार जान्भि पौडेलको खिचिएको थियो ।


‘नुमाफुङ’ जस्तो कालजयी फिल्मका निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’ले घरेलु बक्स अफिसमा सुखद सुरुवात छ । फिल्मको टिकट अनलाइन बुकिङभन्दा काउन्टरबाट बढी बिक्री भइरहेको छ । बिहानी शोज अपेक्षाकृत नभए पनि दिउँसोबाट फिल्मले गति पक्डेको देखिन्छ । काठमाडौंसँगै पूर्वका केही ‘मेजर’ हलहरुमा फिल्मको अकुपेन्सी उच्च देखिएको छ ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

