
गायनमा अहिलेका ‘सुपरस्टार’ हुन्, प्रकाश सपूत । उनका हरेक गीतले लोकप्रियताको शिखर चुमेका छन् । उनका गीतमा समाज र देशको चित्र भेटिन्छ । तर, धेरै कमलाई थाहा हुन सक्छ कि उनको बाल्यकालदेखिको रुचि अभिनय हो । बलिउडका शाहरुख खान जस्तै हिरो बन्ने सपना बोकेर उनी चार भञ्ज्याङ आएका थिए । र, अब उनको त्यो सपना फिल्म ‘परदेशी २’बाट पूरा हुँदैन ।

सम्झौता गरेको फिल्म छाड्नु अभिनेता अनमोल केसीका लागि बायाँ हातको खेल हो । यो मामलामा उनी सबैभन्दा अनुभवी छन् । धेरै फिल्म छाड्ने अभिनेताको सूचीमा उनको नाम शीर्ष स्थानमा आउँछ । ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धुपौरे’, ‘हनी बनी’, ‘एक्स ९’ र पूजा शर्माको फिल्म उनले सम्झौता गरेर छाडेका फिल्म हुन् । र, प्रायः फिल्म उनले स्क्रिप्ट चित्त नबुझेरै छाडेका छन् ।



भदौमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा सर्वोत्कृष्ट फिल्मको विधा गायब भएपछि उत्पन्न विवाद अदालतसम्म पुगेको छ । जुरीले ‘प्रकाश’को नाम सर्वोत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी माओवादी केन्द्रलाई नकारात्मक रुपमा चित्रण गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै मुख्य विधा नै हटाइएको चर्चा छ ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शितल निवासमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्ने चलचित्र विकास बोर्डविरुद्ध उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार बोर्डलाई जुरी (राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटा) निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको छ ।