Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2317 - 2322 of 23805
फिल्मीखबर, काठमाडौं, 2024-07-21, आईतवार

नेपालमा सबैभन्दा बढी फिल्म बनाउने निर्देशकको रुपमा चिनिन्छन्, राजु गिरी । उनले डेढ दशकको अवधिमा लगभग दुई दर्जन फिल्मको निर्देशन गरिसकेका छन् । यही साउनमा मात्र उनका दुई फिल्म दुई हप्ताको अन्तरमा रिलिज हुँदैछन् । त्यसमध्ये ‘ईश्वर’ साउन ११ गते र ‘नम्बरी सुन’ साउन २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछन् । र, यी दुवै फिल्म ग्रामीण कथामा बनेका हुन् ।

एजेन्सी, काठमाडौं, 2024-07-20, शनिवार

अभिनयमा पारंगत मानिन्छन्, पंकज त्रिपाठी । जुनसुकै चरित्रमा पनि जीवन्त बाँच्न सक्ने खुबी भएका उनले फिल्म र सिरिज दुवैमा आफ्नो सशक्त प्रभाव छाडेका छन् । सिरिजका त उनी सबैभन्दा ठूलो ‘स्टार’ नै कहलिन्छन् । उनले ‘मिर्जापुर’, ‘क्रिमिनल जस्टिस’, ‘सेक्रेड गेम्स’ जस्ता थुप्रै सिरिजमा काम गरेका छन् । र, अधिकांश रुचाइएका छन् । फिल्ममा पनि उनको उपस्थिति जोडदार छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-19, शुक्रवार

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको यही साउन ९ गते २ वर्ष पूरा हुँदैछ । र, यही मितिबाट उनी विदा हुँदैछन् । बोर्ड अध्यक्ष नियुक्त भएपछि उनले पटक-पटक एउटा कुरा भन्दै आएका थिए, ‘म जागिर खान आएको होइन ।’ तर, उनको कार्यकाल हेर्ने हो भने जागिर खानबाहेक अरु उपलब्धि नै देखिएको छैन । बरु विवादमा उनले ‘रेकर्ड’ कायम गरे ।

फिल्मीखबर, काठमाडौं, 2024-07-19, शुक्रवार

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘उडायो मन’ बोलको गीतमा इन्द्रकला राईको गायन रहेको छ भने जयन जे. वाइबाको शब्द रचना तथा संगीत छ । यो गीतमा केही अन्तरा थारु भाषामा पनि छ । प्रेमीको पखाईमा बसेकी एक युवतीको उमंग गीतले बोल्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-19, शुक्रवार

हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेपछि फिल्म निर्माणमा आउने कलाकारहरुको समुह बढ्दो छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट सुरु भएको यो श्रृंखला दीपकराज गिरी र दीपाश्री निरौला हुँदै अब ‘सक्किगोनि’ का कुमार कट्टेल र अर्जुन घिमिरेसम्म आइपुगेको छ । यो समुहले शुक्रबार एक कार्यक्रमका बीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’ को औपचारिक घोषणा गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2024-07-18, बिहिवार

यतिबेला नेपालका हलमा विदेशी फिल्मको दबदबा देखिएको छ । हलिउड र बलिउडसहित करिब ६ वटा फिल्म प्रदर्शन भैरहेका छन् भने नेपाली एउटा मात्र छ । अब भोलि शुक्रबार (साउन ४ गते) बाट अर्को आशातित बलिउड फिल्म थपिँदैछ, ‘ब्याड न्यूज’ । सन् २०१९ मा आएको सफल फिल्म ‘गुड न्यूज’को फ्रेन्चाइज भएकाले यसले नेपालमा पनि राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

Results : 2317 - 2322 of 23805