
अभिनेता दयाहाङ राईले आफ्नो करिअरमा ५० बढी फिल्ममा काम गरिसकेका छन् । त्यसमध्ये कुनैमा मगर त कुनैमा तामाङ र थारुको भूमिका निभाए । यही जेठ २५ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘गाउँ आएको बाटो’मा भने उनले पहिलोपटक आफ्नै समुदायको पात्र निर्वाह गरेका छन् । अर्थात् यसमा उनी राईको चरित्रमा छन् । फिल्मले उठाएको कथा पनि राई समुदायको हो ।

फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको बालुवाटारस्थित एक होटलबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।

कलाकारको करिअरमा निर्देशकको ठूलो भूमिका हुन्छ । यसैले स्थापित निर्देशकको छत्रछायाँमा बस्न चाहन्छन् कलाकारहरु । र, नेपाली फिल्ममा थोरै यस्ता निर्देशक छन्, जोसँग कलाकारहरु काम गर्न इच्छुक देखिन्छन् । त्यसमा पर्छन्, दिनेश राउत । कहिले ‘नोभेम्बर रेन’ जस्तो लभस्टोरी फिल्म त कहिले ‘प्रसाद’ जस्तो मौलिक फिल्म दिएका उनी ‘स्टार’ कलाकारको पनि रोजाईमा छन् ।

दक्षिण भारतीय सुपरस्टार थलापति विजय चाँडै अभिनय छाडेर पूर्णकालिन राजनीतिमा आउँदैछन् । उनले करिब तीन महिनाअघि ‘तमिझागा वेत्री कझगम’ नामको पार्टी समेत घोषणा गरिसकेका छन् । सन् २०२६ मा हुने विधान सभामा उनले चुनाव लड्ने चर्चा छ । तर, योभन्दा अगाडि उनी दुईटा फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ र ‘थलापति ६९’ (वर्किङ टाइटल)मा देखिने तयारीमा छ ।

‘धौली’ र ‘पञ्चेबाजा’बाट मौलिक फिल्म बनाउने निर्देशकको पहिचान बनाएका घनश्याम लामिछानेले गत वर्ष प्रदर्शन भएको फिल्म ‘चित्रा’मा फरक प्रयास गरे । यसमा उनले बाबु-छोरीबीचको सम्बन्धको कथामा एक्सनको स्वाद पस्किएका थिए । अब उनको नयाँ फिल्म ‘लण्डन टू पेरिस’ यही जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा भने उनले विदेश बस्ने युवापुस्ताको कथा भनेका छन् ।

कलाकारहरुबीच चिसो-तातो सम्बन्ध भैरहन्छ । कहिले घनिष्ट देखिन्छन् त कहिले एकअर्काको नाम पनि सुन्न चाहँदैनन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको हकमा पनि यी दुईवटै चरण देखियो । फिल्म ‘प्रेमगीत’ गर्दा उनीहरु नजिक थिए । फिल्म रिलिजसम्म आइपुग्दा सम्बन्धमा चिसोपना सुरु भइसकेको थियो । फिल्म रिलिज भएपछि भने उनीहरुबीच बोलचाल नै बन्द भयो ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

