
तीजको छेको पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘एक भागवत र एक गीता’को इनिसियल व्यापार उत्साहप्रद रहन सकेन । जसले निर्माण टिमलाई पनि निराश तुल्याएको थियो । तर, तीजको विदाबाट फिल्मले राम्रो गति लिन थालेको छ । टिकटकमा फिल्मभित्रका क्लिप्सहरु भाइरल हुनु र सुखद ‘वर्ड अफ माउथ’को प्रभावले फिल्ममा दर्शक बढ्न थालेको विश्लेषण गरिएको छ ।


विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले अघिल्लो महिना फिल्म ‘राजागन्ज’को छायांकन भ्याएकी थिइन् । अब उनी अर्को फिल्ममा जोडिएकी छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रावायण’मा उनी विशेष भूमिकामा अनुबन्ध भएकी छन् । अभिनयको हिसाबले यो उनको तेस्रो फिल्म हुनेछ ।

‘बाहुबली’ निर्देशक एसएस राजामौलीले ‘आरआरआर’को सफलतापछि नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । उनले ‘मेड इन इन्डिया’ शीर्षकमा फिल्म बनाउन लागेका हुन् । भारतीय फिल्मको सुरुवात र सुरुवाती समयको कथामाथि उनले फिल्म बनाउन लागेको जनाइएको छ । उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि ठूलो स्केलमा बन्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भिलेनको परम्परागत परिभाषा बदल्ने अभिनेताको रुपमा चिनिन्छन्, प्रशान्त ताम्राकार । आकर्षक रुपरंग, सुगठित शरीर र अग्लो कद भएपछि हिरोमै स्थापित हुने इच्छा धेरैको हुन्छ । तर, प्रशान्तले यो गुण हुँदा-हुँदै पनि भिलेनमा आफूलाई स्थापित गरे । यसैले उनलाई ‘ह्यान्डसम भिलेन’ समेत भन्ने गरिएको छ । फिल्म ‘ऐश्वर्या’मा उनले निर्वाह गरेको भूमिका सम्झनलायक मानिन्छ ।

अभिनेता विमलेश अधिकारीले अब फिल्मको निर्देशन गर्ने भएका छन् । करिब ७ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले फिल्म ‘ह्याप्पी डिभोर्स’बाट निर्देशकको परिचय थप्न थालेका हुन् । उक्त फिल्मको मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिँदैछ । फिल्ममा विमलेश स्वयंको कन्सेप्ट र कथा लेखन रहेको छ । साथै, मुख्य भूमिकामा पनि उनी स्वयं देखिनेछन् ।