Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22741 - 22746 of 23985
फिल्मीखबर, काठमाण्डौ, 2011-06-28, मंगलवार
कलाकार आर पि पन्तले चरित्र कलाकारहरु नायक नायिका जस्तै चर्चामा आउन नसक्ने बताएका छन् । केही चलचित्रलाई छोडेर कुरा गर्ने हो भने चलचित्र अबधि भर ज्यादै छोटो समय मात्रै चरित्र कलाकारहरु पर्दामा देखिने हुँदा उनिहरु प्रमुख कलाकारको तुलनामा कम मात्रै चर्चामा आउने गर्दछन् ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-28, मंगलवार
समाजको ऐना मानिने चलचित्रमा अभिनय गर्ने कलाकारहरूले पनि समाज परिवर्तन गर्न सक्दछन् भन्ने मान्यतालाई स्थापित गराउनु पर्दछ भन्ने प्रसंगहरु उठिनै रहेका बेला मदन भण्डारी फाउन्डेसनले यो कुरालाई आत्मसाथ गर्दै नेकपा एमालेका तत्कालीन महासचिब मदन भण्डारीको ६० औ जन्मोत्सवको अवसरमा तीन दशकदेखि कलाकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्‍याएको ठहर गर्दै महजोडीलाई पुरस्कृत गरेको छ ।
फिल्मीखबर , काठमाण्डौ, 2011-06-28, मंगलवार
चलचित्रकर्मीहरुले चलचित्र निर्माण गर्दा निर्माण अगावै आवश्यक पैसाको बन्दोबस्त गर्न नसक्दा बिचैमा सुटिङ रोकिएको, बसेका होटल तथा सुटिङ स्पटहरुको पैसा नतिर्दा ति ठाँउहरुमा सिंगो चलचित्र क्षेत्रको बदनाम भएको त सुन्दै आएका हौ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-28, मंगलवार
चलचित्र 'कहाँ भेटिएला' का जोडी नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का मलेसिया जाँदैछन् । मलेसियामा हुन लागेको चलचित्र 'कहाँ भेटिएला' को बिशेष प्रदर्शनी कार्यक्रममा उनीहरू बुधबार साँझको बिमानबाट मलेसिया प्रस्थान गर्नेछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-28, मंगलवार
बद्रिनाथ बाबा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको चलचित्र 'त्यो १० घण्टा' को आज मंगलबार गोपिकृष्ण हलमा प्रिमियर शो गरिंदैछ । आउँदो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सो चलचित्रको प्रिमियर शो साँझ ५ बजेबाट शुरू हुने बताईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-27, सोमवार
नेपाल चलचित्र बिकास बोर्डले आफ्नो ११ औं बार्षिकोत्सव मनाउने भएको छ । बोर्डको प्रेक्षालय चावहिलमा यहि शुक्रबार साँझ ५ बजे एक बिशेष कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउन लागिएको हो ।
Results : 22741 - 22746 of 23985