Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2263 - 2268 of 23653
फिल्मीखबर, काठमाडौं, 2024-06-21, शुक्रवार

मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिन्जुरी’ बोलको प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेम दर्शाइएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर छ । गीत कर्णप्रिय सुनिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-21, शुक्रवार

अभिनेत्री पूजा शर्माको करिअरका लागि महत्त्वपूर्ण मानिएको छ, ‘दान्भी’ । विशेषगरी लभस्टोरी फिल्ममा जमेकी उनी पहिलोपटक एक्सन अवतारमा देखिएकी छन् । यसैले उनलाई यो फिल्मको व्यावसायिक सफलता जति महत्त्वपूर्ण छ, त्यति नै एक्सनको प्रशंसा पनि जरुरी छ । त्यो हुँदा उनलाई एक्सन फिल्मका लागि बाटो खुल्ला हुनेछ । यसैले उनी यो फिल्मलाई लिएर गम्भीर देखिन्छिन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-21, शुक्रवार

नेपाललाई बलिउड फिल्मको राम्रो बजार मानिन्छ । सिक्वेल र ठूला ‘स्टार’का फिल्मले आकर्षक व्यापार गरिरहेका हुन्छन् । यसैले त भारतीय फिल्म नेपाल भित्राउन वितरक कम्पनीहरुबीच ठूलै रस्साकस्सी हुने गर्छ । तर, त्यसमा केही सीमित कम्पनीहरुको मात्र दबदबा ज्यादा देखिन्छ । यद्यपि, कहिले काहीँ बलिउड र साउथका ठूला फिल्म अरु कम्पनीहरुले पनि उछिट्याउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-21, शुक्रवार

गत जेठ १० गते आएका ‘पूजार सार्की’ र ‘फर्की फर्की’पछि नेपाली फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । दुई हप्ताअघि आएको फिल्म ‘गाउँ आएको बाटो’को व्यापार औसत मात्र रह्यो । अब धेरैको आशा शुक्रबार (असार ७)बाट प्रदर्शनमा आएका दुई फिल्म ‘दान्भी’ र ‘आचार्य’माथि छ । यसमध्ये ‘दान्भी’ मात्र ‘फ्रेस’ फिल्म हो । ‘आचार्य’ भने १३ वर्षपछि पुनः प्रदर्शन भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-20, बिहिवार

‘नाइँ नभन्नू ल’ श्रृंखलाले जीवन लुईँटेलदेखि पल शाहसम्मलाई ‘स्टार’ बनाइदियो । यसैको छैटौं श्रृंखलाबाट डेब्यु गरेका आशीर्वाद क्षेत्रीलाई पनि ठूलो आशा थियो । तर, उनकै डेब्युमा आएर ‘नाइँ नभन्नू ल’ श्रृंखलाले दम तोड्यो । यसले उनको करिअरमा समेत असर पार्‍यो । तथापि, लुक्स, डान्स र एक्सनको तारिफ हुँदा उनलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको थियो र छ ।

एजेन्सी, काठमाडौं, 2024-06-20, बिहिवार

कुनै बेला देओल परिवारको बलिउडमा ठूलो बोलबाला थियो । अभिनेता धर्मेन्द्र ठूला ‘स्टार’ थिए । उनका दुई छोरा सनी देओल र बबी देओलको करिअर पनि उत्कर्षमा थियो । तर, बलिउडमा नयाँ ‘स्टार’ जन्मिएसँगै विशेषगरी सनी र बबीको करिअर खस्कियो । उनीहरुका एकसेएक फिल्म पिटिए । बबीले वर्षौंसम्म फिल्ममै पाएनन् । सनीले एकाध फिल्म गरिरहे पनि सफल हुन सकेनन् ।

Results : 2263 - 2268 of 23653
Most Visited News (monthly)