
शिव आर जीको निर्देशनमा तयार भएको फिल्म ‘बालापन’को काठमाडौंमा प्रिमियर गरिएको छ । शनिबार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथ्यतामा आयोजित प्रिमियरमा फिल्मले उठाएको विषयवस्तुको उपस्थित अतिथिहरुले प्रशंसा गरे । मन्त्री किराँतीले फिल्मले समाजभित्रको यथार्थ कुराहरुलाई चित्रण गरेको बताए ।

नेपाली अभिनेत्रीहरु विदेश पुगेपछि पहिरनको मामलामा खुल्ने ट्रेन्ड जस्तै छ । विशेषगरी विदेशका समुन्द्री तटमा पुगेपछि प्रायःले विकिनी अवतारमा खिचाएका तस्विरहरुले आफ्नो सामाजिक सञ्जाल रंग्याउने गरेका हुन्छन् । र, त्यसले मिडियामा ठूलो चर्चा पनि दिलाइदिन्छ । वर्षौंसम्म गुमनाम अभिनेत्रीहरुलाई समेत समुन्द्री तटका विकिनी तस्विरले ‘लाइमलाइट’मा ल्याएका उदाहरण छन् ।

यही असोज १२ गते शुक्रबार साँगाबाट आपराधिक विश्वासघातको मुद्धामा पक्राउ परेका अभिनेता अनमोल केसीलाई आइतबार प्रहरीले अनुसन्धानका लागि म्याद लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदैछ । अहिले अनमोल प्रहरीको निगरानीमा महाराजगञ्जस्थित चिरायु अस्पतालमा छन् । पक्राउ परेको साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाटै उनलाई अदालत लगिँदैछ ।

दुई सातादेखि पूर्वका विभिन्न विभिन्न स्थानहरुमा छायांकन भैरहेको फिल्म ‘रङ्गेली’को बलियो स्टारकास्टका कारण विदेशी भूमिमा माग चर्किन थालेको छ । छायांकनकै क्रममा फिल्मको जापान, कोरिया र हङकङ प्रदर्शन अधिकार बिक्री भएको छ । उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेको फिल्मका निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।

अक्सर नेपाली फिल्मको प्रचारदेखि प्रिमियरसम्म काठमाडौं केन्द्रित हुने गरेको छ । तर, बडा दशैंको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले भने प्रचार र प्रिमियर दुवैका लागि मोफसल रोजेको छ । फिल्मको कथामा आधारित गीति नाटक चितवनदेखि पोखरासम्मका कलेजहरुमा देखाएपछि शुक्रबार दिउँसो बाग्लुङमा प्रिमियर आयोजना गरियो ।

शुक्रबार साँझपख साँगाबाट आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको नियन्त्रणमा रहेका उनलाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त छ । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ ।