
चर्चित हाँस्य सिरियल ‘सक्किगोनि’ समूह अब फिल्म निर्माणको तयारीमा जुटेको छ । ‘लाज शरणम्’ नाममा बन्न लागेको फिल्मको छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी महाशिवरात्रि (फागुन १४ गते)लाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मको छायांकन भने दशैंभन्दा अगाडि नै पूरा गर्ने योजनामा निर्माण टिम छ ।

पूर्वमिस इन्टरनेशनल नेपाल नीति शाहको फिल्मी करिअरको परीक्षा सुरु भएको छ । उनको पहिलो फिल्म ‘खजुरे ब्रो’ले शुक्रबार (बैशाख २८)बाट प्रदर्शन थालेको छ । यो फिल्मको नतिजाले उनको करिअरमा निकै ठूलो अर्थ राख्नेछ । व्यावसायिक सफलता या अभिनयको प्रशंसामध्ये कुनै एउटा मात्रै भए पनि उनको आगामी यात्रा सहज हुनेछ । उनकै कारण यो फिल्मप्रति धेरैमा चासो छ ।

केही समय अगाडि अभिनेत्री आँचल शर्माले सामाजिक सञ्जालमा एक्सन सिकिरहेको भिडियो सेअर गरेकी थिइन् । त्यसले उनको एक्सन फिल्ममा काम गर्ने भोक दर्शाएको थियो । अन्ततः उनको त्यो इच्छा फिल्म ‘वर एण्ड वधु’मा पूरा भएको छ । झन्डै डेढ वर्ष अड्किएर यही बैशाख पहिलो साताबाट दोस्रो चरणको छायांकन सुरु गरिएको फिल्ममा बिहीबार उनको एक्सन दृश्य खिचियो ।

सन् २०२३ मा आएको फिल्म ‘टाइगर ३’पछि अब बलिउड सुपरस्टार सलमान खान नयाँ फिल्म ‘सिकन्दर’मा देखिँदैछन् । ‘किक’ निर्माता साजिद नाडियाडवालाको निर्माणमा बन्न लागेको फिल्मलाई ए.आर. मुरुगदासले निर्देशन गर्दैछन् । उनले यसअघि ‘गजनी’ निर्देशन गरेका थिए । आगामी वर्ष अर्थात् सन् २०२५ को इदमा रिलिजको तयारी गरिएको फिल्ममा अब मुख्य अभिनेत्रीको पनि टुंगो लागेको छ ।

लभर ब्वाईको छवि बनाएका अभिनेता पल शाहले फिल्म ‘पूजार सार्की’मा पहिलोपटक फरक चरित्रमा काम गरेका छन् । जातीय विभेद अन्त्यका लागि विद्रोह गर्ने पात्रको भूमिकामा उनी छन् । यसलाई उनको छवि बदल्ने अवसरको रुपमा हेरिएको छ । यसै साता सार्वजनिक भएको ट्रेलरले पनि उनको चरित्रबारे प्रकाश पार्छ । तर, ट्रेलरमा उनलाई अर्का दुई अभिनेता आर्यन सिग्देल र प्रदीप खड्काको तुलनामा कम ‘स्क्रिन स्पेश’ मिलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको वितरण गर्दै आएको कम्पनी सेभेन सीज इन्टरटेन्मेन्टको निर्माणमा बन्न लागेको पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । फिल्मको मुख्य भूमिकामा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्ध भइसकेका छन् भने अब अर्का अभिनेता मुकुन भुषालको पनि प्रवेश भएको छ । निर्माणपक्षले मुकुनसँग केही दिनअघि मात्रै लिखित सम्झौता गरेको हो ।

