Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2281 - 2286 of 23652
फिल्मीखबर, काठमाडौं, 2024-06-17, सोमवार

एक वर्षदेखि चलचित्र विकास बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन । जसले गर्दा निर्माताले बढाइँचढाइँ पनि फिल्मको कलेक्सन सार्वजनिक गरिरहेका छन् । तर, गत जेठ १० गतेबाट प्रदर्शनरत दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’को व्यापारिक आँकडा बाहिर ल्याइएको छैन । जसले गर्दा दुवै फिल्मको व्यापार अपेक्षाकृत नभएको हुनसक्ने अड्कलबाजी पनि भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-17, सोमवार

अभिनेता राजबल्लभ कोइरालाले करिब ९ वर्षपछिको कमब्याक फिल्म ‘एक्टर’को छायांकन सकाएका छन् । गत जेठ दोस्रो साता फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए । आइतबार आफ्नो भागको छायांकनसँगै डबिङ समेत पूरा गरेर उनी सोही साँझ अमेरिका फर्किसकेका छन् । प्राप्त जानकारी अनुसार, यसमा उनी नकारात्मक भूमिकामा देखिनेछन् ।

एजेन्सी, काठमाडौं, 2024-06-16, आईतवार

दक्षिण भारतीय फिल्मका भर्सटायल अभिनेताको रुपमा चिनिन्छन्, विजय सेतुपति । हिरोको परम्परागत मानक तोड्न सफल उनी सकारात्मक र नकारात्मक दुवैखालको चरित्रमा उत्तिकै जमेका छन् । तर, कुनै समय उनको शारीरिक बनावट र रुपरंगलाई लिएर निकै मजाक उडाइन्थ्यो । अहिले उनै विजयले साउथ फिल्ममा सर्वाधिक सफल अभिनेताको रुपमा आफ्नो स्थान बनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-16, आईतवार

म्यूजिक भिडियो नियमित हेर्ने दर्शकका लागि कुन्साङ बोम्जन नयाँ अनुहार होइनन् । उनले ३५/४० वटा म्यूजिक भिडियोमा काम गरिसकेका छन् । फिल्ममा भने उनको डेब्यु ‘दान्भी’बाट भएको छ । यही असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर उनी जति उत्साहित छन्, आफ्नो काम रुचाइनेमा आशावादी पनि देखिन्छन् । फिल्ममा उनको चरित्रको नाम ‘सारांश’ हो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-16, आईतवार

नेपाली फिल्मको सफल जोडी मानिएका दयाहाङ राई र मिरुना मगरको नयाँ फिल्म ‘घरज्वाइँ’ यही असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । युट्युबमा टिजरले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहँदा निमाण टिमले प्रचारलाई पनि तीव्रता दिन थालेको छ । त्यसको सुरुवात शनिबार टुँडिखेलमा भएको मगर समुदायको पर्व ‘भूमे’को अवसरमा आयोजित विशेष कार्यक्रमबाट गरियो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-16, आईतवार

फिल्म ‘बोक्सीको घर’ बक्स अफिसमा नपत्याउने खोला बनेर निस्कियो । ‘चल्छ र ?’ भनेर धेरैले आशंका गरेको यो फिल्मले हलमा प्रदर्शनको ५१औं दिन मनाउँदै १० करोडमाथि व्यापार गरेको छ । जबकि, फिल्ममा एक करोड पनि लगानी छैन । यो फिल्मबाट सबैभन्दा बढी फाइदा अभिनेत्री केकी अधिकारीलाई भएको छ । निर्मात्री समेत भएकाले उनले निकै ठूलो मुनाफा कमाएकी छन् ।

Results : 2281 - 2286 of 23652
Most Visited News (monthly)