Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2257 - 2262 of 24233
फिल्मीखबर, काठमाडौं, 2024-12-08, आईतवार

कुनै समयका सफल निर्देशक शोभित बस्नेतले ३ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । आइतबार उनको निर्देशनमा बन्न लागेको ३२औं फिल्म ‘पीआर’को निर्माण घोषणा गरियो । उनले पछिल्लो पटक ‘डाँडाको वरपीपल’ निर्देशन गरेका थिए, जुन २०७८ सालमा प्रदर्शन भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-12-07, शनिवार

बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपालको बक्स अफिसमा समेत सुनामी ल्याएको छ । पहिलो दिन नै आक्रामक व्यापार गरेको फिल्मको शनिबार देशभर टिकटको हाहाकार देखिएको छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै हलहरुले भएभरको शो उपलब्ध गराएका छन् । जसले गर्दा प्रदर्शनरत नेपाली फिल्म न्यून शोमा खुम्चिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-12-06, शुक्रवार

एक समयका सफल निर्माता रोज राणाले २०७६ सालमा आफ्नो डेढ दशकअघिको सुपरहिट फिल्म ‘खलनायक’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका थिए । तर, त्यही समयमा कोरोना महामारी फैलिएपछि फिल्म बन्न सकेन । पछि रोज प्रदेश सांसदका लागि चुनावमा होमिए । चुनाव जितेर मन्त्री समेत भइसकेका उनी अब भने ‘खलनायक २’ निर्माणको तयारीमा जुटेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-12-06, शुक्रवार

अभिनेता पल शाह वैवाहिक जीवनमा बाँधिन लागेको खबर केही दिनयता डढेलो जसरी फैलिएको छ । केही युट्युबरले आगामी माघमा उनले विवाह गर्न लागेको दाबी गरेका छन् भने बिहीबार चर्चित टेलिभिजन कार्यक्रम ‘रजतपट’ले उनको हुनेवाला दुलही एमालेको विद्यार्थी नेतृ रहेको जनाएको थियो । जसले गर्दा पललाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-06, शुक्रवार

साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । एड्भान्स बुकिङ नै आक्रामक देखिएको फिल्मलाई ‘रेकर्डब्रेक’ ओपनिङ मिलेको छ । भारतमा सबैभन्दा ठूलो ओपनिङ पाएको ‘आरआरआर’ (१३३ करोड) र हिन्दीमा कीर्तिमानी ओपनिङ गरेको ‘जवान’ (६५ करोड ५० लाख) दुवैको रेकर्ड फिल्मले तोडेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-05, बिहिवार

दशैं-तिहारपछि फिल्म रिलिजका लागि नेपाली नयाँ वर्ष पनि उपयुक्त समय मानिन्छ । विदा नभए पनि नयाँ वर्षमा हलमा दर्शकीय आकर्षण अक्सर राम्रो देखिन्छ । यसैले वर्षेनि नयाँ वर्षमा फिल्म रिलिजको ठूलै चाप हुने गर्छ । आगामी नयाँ वर्ष (२०८२)मा पनि ‘हेभिवेट’ भिडन्तको सम्भावना देखिएको छ । सम्भवतः त्रिपक्षीय भिडन्त हुनसक्छ । त्यो पनि मल्टीस्टारर फिल्मबीच । ती फिल्म हुन्, ‘नरसिंहा अवतार’, ‘बलिदान’ र ‘कर्मा’ ।

Results : 2257 - 2262 of 24233
Most Visited News (monthly)