
हलिउड-बलिउड वा अन्य ठूला इन्डस्ट्रीमा फिल्मको छायांकन हुँदा कलाकारलाई ‘भ्यानेटी भ्यान’ उपलब्ध गराइन्छ । कसैको निजी ‘भ्यानेटी भ्यान’ पनि हुन्छ । त्यसमा घरजस्तै सुविधा हुन्छ । छायांकन नहुँदा आराम गर्न होस् वा मेकअप, ड्रेसअपका लागि ‘भ्यानेटी भ्यान’को प्रयोग हुने गरेको पाइन्छ । यसमा मात्र निर्माताको लाखौं खर्च हुन्छ । तर, नेपालमा भने यसको अभ्यास कमै भएको छ ।
आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । दुईमध्ये एउटा पोस्टरमा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी प्रेमिल भावमा देखिएका छन् । उपासनालाई धीरजले अंगालोमा कसेका छन् । अर्को पोस्टरमा भने उपासना गम्भीर भावमा चित्रित छन् । फिल्मले प्रेम र विछोडको कथा भन्ने पोस्टरले बुझाउँछ ।

निर्माणको तयारीमा रहेको फिल्म ‘जेरी अन टप’मा मुख्य अभिनेत्री फेरिएका छन् । करिब ६ महिना अगाडि नै फिल्ममा अनुबन्धित भइसकेकी अभिनेत्री आना शर्मालाई हटाएर निर्माण टिमले अर्की अभिनेत्री जसिता गुरुङलाई ‘कास्ट’ गरेको छ । अब यो फिल्ममा अभिनेता अनमोल केसीको जोडी जसितासँग बाँधिनेछ । यसअघि दुवैले ‘फर्की फर्की’मा पहिलोपटक एकसाथ काम गरेका थिए ।

यतिबेला सिक्वेल र सिरिज फिल्मको निर्माण बढिरहेको समयमा अब १० वर्ष अगाडिको सफल फिल्म ‘काली’को पनि दोस्रो श्रृंखला बन्ने भएको छ । र, यसपटक दुई अभिनेत्रीहरु आमने-सामने हुने भएका छन् । फिल्ममा रेखा थापा र पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन् । फिल्म ‘दान्भी’को हल ‘भिजिट’को क्रममा शनिबार पूजाले ‘काली २’ बन्न लागेको जानकारी गराएकी हुन् ।

यस वर्षको हिट फिल्म ‘पूजार सार्की’ संयुक्त अधिराज्य (यूके)मा पनि रिलिज भएको छ । जुन २१ (असार ७ गते) बाट युकेको दुई ठूला मल्टीप्लेक्स चेन ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा फिल्म रिलिज भएको हो । यी चेनका बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, फेल्दम लगायतका हलमा दैनिक रुपमा फिल्म हेर्न सकिने जनाइएको छ ।

अभिनेता सलोन बस्नेत फिल्म ‘यूर्निभसिटी अफ गुन्डाज्’ निर्माणको तयारीमा छन् । गत माघमा एक पोस्टरमार्फत फिल्मको घोषणा गरिएको थियो । उनीसँगै ‘ए मेरो हजुर २’ अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहने फिल्मको निर्देशक भने निश्चित भएका थिएनन् । स्क्रिप्ट लेखनको बेला हेमराज विसीले निर्देशन गर्ने पक्कापक्की भए पनि उनी अमेरिका गएपछि सलोन अन्योलमा थिए ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

