Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2245 - 2250 of 23499
फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ६, आईतवार

चर्चित कथावाचक साइग्रेस पोख्रेलको श्रव्य-कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने भएको छ । शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस स्वयंले फिल्मको घोषणा गरेका हुन् । एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मलाई कोरियोग्राफर शिशिर खातीले निर्देशन गर्ने जानकारी गराइयो । खातीले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ४, शुक्रवार

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ‘चाहन्छु यो माया’ बोलको प्रेमिल भावको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेब्यु अभिनेता निश्चल खड्काबीचको चिसो सम्बन्धलाई देखाइएको छ । यस गीतमा निश्चलप्रति नव-अभिनेत्री गरिमा शर्माको प्रेम आशक्ति पनि देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ४, शुक्रवार

आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना छ । गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बोमजन रोमान्टिक भावमा चित्रित छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ४, शुक्रवार

गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शन गरिने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी असार ७ गते फिल्मलाई पुनः प्रदर्शन गरिने जानकारी गराइयो । फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले फिल्म प्रदर्शन गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ ४, शुक्रवार

अभिनेता आर्यन सिग्देल ब्राह्मण (पुजारी) परिवारमा जन्मिए । पूजापाठको माहोलमा हुर्किए । उनका बुबा पण्डित हुन् । तर, उनमा पूजापाठको केही गुण थिएन । न यसमा कुनै रुचि थियो । भगवान् बाहिर होइन, आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास लाग्छ उनलाई । तर, यही जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पूजार सार्की’मा आर्यन पूजापाठ गर्ने ब्राह्मण चरित्रमा छन् ।

Results : 2245 - 2250 of 23499