Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2251 - 2256 of 23654
फिल्मीखबर, काठमाडौँ, 2024-06-26, बुधवार

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ नामक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण यति बेला अभिनेत्री द्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्को आलोचना भइरहेको छ । 

फिल्मीखबर, काठमाडौं, 2024-06-25, मंगलवार

विदेशी भूमिमा बस्ने नेपालीको मुद्धालाई उठाएर बनेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन सकिएको छ । आइतबार र सोमबार भ्वाइस अफ नेपालको स्टुडियो तथा बालाजुस्थित एनएफडिसीमा ‘आँखै रसिलो’ बोलको गीत खिचिएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक मित्र प्रधान (नर)ले जानकारी दिए । गत जेठमा भने फिल्मको छायांंकन अमेरिकामा गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-25, मंगलवार

नेपालका टेलिभिजन कार्यक्रमहरु अक्सर विवादित बन्ने गरेका छन् । कार्यक्रमलाई चर्चित बनाउने उद्देश्यले कलाकारहरुलाई अन्टसन्ट प्रश्न सोधिन्छ । र, कलाकारहरुले पनि सोचविचार नगरी अभिव्यक्ति दिँदा त्यसले ठूलो विवाद निम्त्याउने गरेको छ । यतिबेला ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्ति पनि विवादित बनिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-24, सोमवार

‘लभर गर्ल’को छवि बनाएकी अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा काम गरेको फिल्म ‘दान्भी’ले अपेक्षाकृत व्यापार गर्न सकेको छैन । यद्यपि, प्रदर्शनको दुई दिन (शुक्रबार र शनिबार) पूजाको स्टारडमको फाइदा भने फिल्मको व्यापारमा देखियो । केही हलमा उनका प्रशंसकहरुको उल्लेख्य उपस्थिति थियो । तर, आइतबारबाट फिल्मको व्यापारमा भारी गिरावट आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-24, सोमवार

आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘आहा भो’ बोलको प्रेमिल भावको गीतमा कृष्ण काफ्ले र गीता पाण्डेको युगल गायन छ भने भीष्मराज फूलराको शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा भने फिल्मका मुख्य अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाहबीचको प्रेमलाई दर्शाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-24, सोमवार

निर्माता तथा निर्देशक सन्तोष सेनको महत्त्वाकांक्षी प्रोजेक्ट ‘बलिदान’का लागि साउथ फिल्मबाट द्वन्द्व निर्देशकदेखि छायाँकारसम्म झिकाइएको छ । छायाँकार शरण ऋषि तथा द्वन्द्व निर्देशक स्टन्डर सामसहित करिब ५०/६० जना भारतीय टिमले फिल्ममा काम गर्ने निर्माता सेनले जानकारी दिए । उनीहरुमध्ये ऋषि र सामसहितको टिम भने नेपाल आएर फिल्मको तयारीमा जुटिसकेको छ ।

Results : 2251 - 2256 of 23654
Most Visited News (monthly)