
नेपालमा महिला केन्द्रित एक्सन फिल्म विरलै बन्छन् । एक समय यसको नेतृत्व अभिनेत्री रेखा थापाले गरेकी थिइन् । उनीपछि भने अभिनेत्रीलाई लिएर एक्सन फिल्म बनाउन मेकरहरुले खासै इच्छा देखाएनन् । न त अभिनेत्रीहरुको एक्सनप्रति रुचि देखियो । अब लामो समयपश्चात् महिला केन्द्रित एक्सन फिल्म आउँदैछ । त्यो हो, ‘दान्भी’ । यसमा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा छिन् ।

अघिल्लो वर्षसम्म अभिनेता दयाहाङ राईलाई छायांकनमा भ्याइनभ्याइ थियो । आफ्नै फिल्म रिलिज हुँदा प्रचारमा समय दिन समेत भ्याउँदैन थिए । कहिले तराई त कहिले पहाडी क्षेत्रमा छायांकनका लागि पुगेका हुन्थे । तर, धेरै फिल्म गर्दा रिलिजको चाप बढ्यो । एउटै मितिमा आफ्नै फिल्म भिड्न थाले । जसले गर्दा उनका फिल्मप्रति दर्शकको वितृष्णा बढ्दा व्यापारमा समेत असर पर्यो ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धीरज मगरलाई लिएर बन्न लागेको फिल्म ‘रुमानी रङ्ग’को निर्माण अन्योल देखिएको छ । छायांकन सुरु नहुँदै टिमभित्र ठूलो उथलपुथल आएको छ । निर्मातासँग मतभेदपछि निर्देशक अनिल योञ्जन फिल्मबाट अलग भएका छन् । उनले मंगलबार फेसबुक स्टाटसमार्फत फिल्मको गुणस्तरमा असर पर्ने देखेपछि आफू बाहिरिएको जनाएका छन् ।

अभिनेत्री पूजा शर्माले टेकेको धरातल फिल्म ‘प्रेमगीत’ले बनाएको हो । यसले उनको करिअरको रुपरेखा नै बदल्यो । अहिले उनी ‘स्टार’ कहलिएकी छन् । युवापुस्तामा राम्रो क्रेज छ । लभस्टोरी फिल्ममा रुचाइएकी छन् । यसरी हेर्दा पूजाको करिअर सफल नै देखिन्छ । तर, उनले चरित्रमा भने विविधता पस्किन सकेकी थिइनन् । ‘प्रेमगीत’बाट जुन छवि बन्यो, उनी त्यसमै रमाउँदै आइन् ।

केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् । यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ ।

नेपाली फिल्ममा बोन्डिङ पार्टनरको रुपमा सहकार्य गर्दै आएको स्वदेशी उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक समारोहका बीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरुमार्फत यसको प्रचार गर्नेछन् ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

