
बक्स अफिसका हिट मेशिन कहलिएका सुपरस्टार दयाहाङ राईको यस वर्ष लगातार फिल्महरु रिलिज भैरहेका छन् । बैशाखदेखि भदौसम्म उनको चारवटा फिल्म प्रदर्शनमा आइसकेका छन्, जसमध्ये दुईवटा व्यावसायिक रुपमा सफल भए । अब यही कात्तिक २४ गतेबाट उनको नयाँ फिल्म ‘दिमाग खराब’ रिलिज हुँदैछ । यस्तै, माघमा उनको अर्को फिल्म ‘दयारानी’ रिलिज हुने भएको छ ।

नेपालमा घोषणामा मात्र सीमित भएका फिल्मको संख्या ठूलो छ । घोषणा गरिएका एकाध फिल्म मात्र छायांकनमा जान्छन् । कति फिल्म छायांकनको क्रममा बजेट अभावले अलपत्र समेत परेका छन् । फिल्मको घोषणामा भने ठूलै तामझाम गरिन्छ । कतिपयले पाँचतारे होटलमा समेत फिल्मको घोषणा राख्ने गर्छन् । तर, नेपाली फिल्मका लागि पाँचतारे होटल ‘अनलक्की’ देखिँदै आएको छ ।

मंगलबारबाट सुरु भएको आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्धको खेलमा ७४ रन बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेललाई फिल्म ‘दिमाग खराब’ले ‘म्यान अफ द म्याच’ बन्न सफल भएकोमा पुरस्कार प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र फिल्मका निर्माता रौनक बिक्रम कडेलले उनलाई ५० हजार प्रदान गरे ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमाथि बन्न लागेको फिल्म ‘अन्जिला’को छायांकन सुरु भएको छ । एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा मंगलबार शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । २०७८ सालको चैतमा फिल्मको निर्माण घोषणा गरिएको भए पनि एन्जिलाकै व्यस्तताका कारण छायांकन सुरु हुन सकेको थिएन ।

ओस्कार अवार्डको ९६औँ संस्करणमा नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ । यही कात्तिक २२ गतेदेखि मंसिर १७ गतेसम्म लस-एन्जलसस्थित कल्भर सिटीमा हुन लागेको फेस्टिभलमा प्रतिस्पर्धात्मक खण्डमा फिल्म छानिएको छ । यो फिल्मले एसियाली मुलुकका दर्जनौं फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

‘आईसीसी टी-२० मेन्स विश्वकप २०२४’को एसिया क्वालिफायर कात्तिक १३ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । यसका लागि नेपाली खेलाडीको हौसला बढाउन विभिन्न संस्था तथा व्यक्तिले पुरस्कार राशीको घोषणा गरिरहेका छन् । यसबीच, तिहारको छेको पारेर यही कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दिमाग खराब’का निर्माताले पनि पुरस्कार राशीको घोषणा गरेका छन् ।