
दशैंको फूलपातीबाट प्रदर्शनमा आएका दुई फरक जनराका फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले घरेलु बक्स अफिसमा सुनामी ल्याएका छन् । प्रदर्शनको दिनदेखि दुवै फिल्मको आक्रामक व्यापार यथावत् छ । सिंगल थिएटर होस् वा मल्टीप्लेक्स, जताततै दर्शकको भीड देखिन्छ । दशैं विदामा त टिकट व्यवस्थापन गर्नै हलहरुलाई सकस परेको थियो । दशैं सकिएपछि पनि दुवै फिल्मको क्रेज घटेको छैन । यी दुई फिल्मको व्यापारले फिल्म क्षेत्रमै उत्साह थपेको छ ।


बलिउडकी उम्दा अभिनेत्रीमा गनिन्छिन्, आलिया भट्ट । उनलाई फिल्मको सफलता पनि निरन्तर मिल्दै आएको छ । कोरोना महामारीपछि मात्र उनका चार फिल्म सफल भए । तर, अघिल्लो साता प्रदर्शनमा आएको उनको नयाँ फिल्म ‘जिग्रा’ले भने बक्स अफिसमा निराशाजनक प्रदर्शन गरेको छ । बलिउड हंगामाले त फिल्मलाई ‘फ्लप’ घोषणा गरिसकेको छ ।

तिहारको लक्ष्मीपूजाको दिन (कात्तिक १५ गते)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।

तिहारको लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पोस्टरदेखि टिजरसम्म सार्वजनिक भइसकेको अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर : टेक वन’ तीन महिना पछाडि सरेको छ । बिहीबार निर्माण कम्पनी अदृत फिल्म्सले विज्ञप्ति जारी गर्दै मानवीय र प्राविधिक समस्याका कारण अब माघ १६ गते फिल्मलाई रिलिज गरिने जनाएको छ ।

अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ भएको छ। उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान ललितपुरको सुमेरु सिटी अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्।

