मिति : २०८२ वैशाख २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2179 - 2184 of 22589
फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक ७, मंगलवार
फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक ६, सोमवार

हरेक वर्ष दशैंलाई लक्षित गरेर धेरै गीत सार्वजनिक हुने गरेका छन् । तर, एकाधले मात्र चर्चा पाउँछन् । त्यो पनि सीमित समयका लागि मात्र । दशैं सकिएसँगै त्यसको आयु पनि सकिन्छ । पछिल्ला केही वर्षयता कुनै दशैं गीत कालजयी बन्न सकेका छैनन् । बरु वर्षौं पहिला सार्वजनिक भएका दशैं गीतहरुकै हालीमुहाली रहेको अवस्था छ । केही गीतहरुलाई त दशैंको पर्याय नै मान्ने गरिन्छ ।

फिल्मीखबर डटकम, काठमाडौँ, २०८० कार्त्तिक ५, आईतवार

मुकुन भुसाल र लक्ष्मी बर्देवाको प्रमुख अभिनय गरेको फिल्म 'बिच्छेद'को गीत सार्वजनिक गरिएको छ । बडा दसैँको महाअष्टमीको दिन पारी सार्वजनिक गरिएको 'गाजले' शीर्षकको गीतमा मुकुन र मेनुकाको प्रेमभाव रहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक ५, आईतवार

दशैंको अवसर पारेर फूलपाती (कात्तिक ४)देखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले घरेलू बक्स अफिसमा सुनामी ल्याएको छ । पहिलो दिन देशभर शतप्रतिशत अकुपेन्सी कायम गरेको फिल्मलाई झन्डै साढे २ करोड बराबरको ओपनिङ मिलेको छ । निर्माण कम्पनी टुकी आर्ट्सले सार्वजनिक गरेको एक पोस्टरमा पहिलो दिने कमाई २ करोड ४० लाख उल्लेख छ ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक ४, शनिवार

‘प्रेमगीत’ फेम्ड निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो मेगा प्रोजेक्ट ‘बलिदान’को निर्माण घोषणा गरेका छन् । फूलपातीको अवसर पारेर फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी वर्ष (२०८१)को दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरले साउथ फिल्मको झल्को दिन्छ । फिल्म एक्सन प्रधान हुने पोस्टरले संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक ४, शनिवार

७ वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पशुपति प्रसाद’को सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ शनिबार (फूलपाती)बाट सार्वजनिक प्रदर्शनमा आएको छ । मल्टीप्लेक्सहरुमा प्राप्त गरेको शोज र बुकिङको अवस्था हेर्दा फिल्मले २ करोडको ओपनिङ गर्न सक्ने सम्भावना देखिएको छ । प्रदर्शनमा आएसँगै फिल्म देशभर नै ‘हाउसफुल’ रहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

Results : 2179 - 2184 of 22589