Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2179 - 2184 of 23994
फिल्मीखबर, काठमाडौं, 2024-10-20, आईतवार

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ले सुरुवातदेखि नै ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगको भिडन्तका कारण अपेक्षित शो पाउन सकेन । ‘ओपनिङ’ पनि सन्तोषजनक नहुँदा शो झनै खुम्चियो । तर, ‘वर्ड अफ माउथ’ राम्रो मिल्न थालेपछि फिल्मले गति समात्यो । दशैंको टीकापछि अकुपेन्सीमा वृद्धि गरेको फिल्मले दोस्रो हप्तामा पनि राम्रो दर्शक पाइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-20, आईतवार

भनिन्छ, ‘हरेक १० वर्षमा फिल्म क्षेत्रले नयाँ अनुहार खोज्छ ।’ नेपाली फिल्म क्षेत्रमा यो देखिएको पनि छ । राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठको उदय भएको लगभग १० वर्षपछि निखिल उप्रेती, विराज भट्ट जस्ता एक्सन नायक जन्मिए । त्यसको १० वर्षपछि राजबल्लभ कोइराला, आर्यन सिग्देल, जीवन लुइँटेलको उदय भयो । यो पुस्तापछि आएका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, अनमोल केसी, प्रदीप खड्काको करिअरले पनि १० वर्षको अवधि पूरा गरिसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-19, शनिवार

विश्व प्रतिष्ठित फेस्टिभलहरु चहारिरहेको दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’लाई लिएर एउटा महत्त्वपूर्ण खबर बाहिरिएको छ । फिल्मको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले यसबारेमा समाचार प्रकाशन गर्दै च्यानल फोरले यूके र आयरल्यान्डका लागि फिल्मको राइट्स खरिद गरेको पनि जनाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-18, शुक्रवार

गायन करिअरको उचाइँमा रहेका प्रकाश सपूत फिल्म ‘परदेशी २’बाट हिरो बने । यो फिल्म सफल भएपछि उनलाई अफरको ओइरो लाग्यो । र, दोस्रो फिल्मको रुपमा उनले ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गरे, जुन यही कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनेता विजय बरालको छोराको भूमिका निभाएका छन्, जो गन्धर्व समुदायका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-18, शुक्रवार

दीपक-दीपाको समूहबाट अलग भएपछि अभिनेता जितु नेपालले फिल्म ‘ह्यारी की प्यारी’मा काम गरे । तर, यसले उनको साख जोगाउन सकेन । फिल्म ‘डिजास्टर’ हुँदा उनको करिअर नै संकटमा पर्‍यो । लामो अन्योलतापछि ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी अभिनेत्री नीति शाहलाई पनि पहिलो गाँसमै ढुंगा लागेको थियो । तर, उनीहरु दुवैलाई ‘ज्वाइँ साब’ले भने ठूलो राहत दिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-18, शुक्रवार

गत वर्षको ‘सेमी हिट’ फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीको नयाँ एक्सन फिल्म ‘कर्मा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा देखिने भएका छन् । शुक्रबार एक पोस्टरमार्फत् फिल्ममा विपिनको प्रवेशबारे जानकारी गराइयो । पोस्टरमा उनलाई जिममा बारबेल उचाल्दै गरेको देख्न सकिन्छ । फिल्ममा उनी एक्सन भूमिकामा देखिनेछन् ।

Results : 2179 - 2184 of 23994