Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2149 - 2154 of 23807
फिल्मीखबर, काठमाडौं, 2024-09-03, मंगलवार

अभिनेत्री पूजा शर्मा र गायिका समीक्षा अधिकारीबीचको सम्बन्ध ‘जति बुझ्यो त्यति कठीन, झन्झन् बुझ्यो झन् कठिन’ छ । अभिनेता पल शाहमाथि मुद्धा दायर भएपछि पूजाले समीक्षाको चरित्रमाथि नै प्रश्न उठाएकी थिइन् । त्यसबेला दुवैको सम्बन्ध वारपार थियो । तर, पल रिहा भइसकेर पनि भेट्न नआएपछि पूजाले समीक्षासँग घनिष्टता बढाइन् । दुवैले दिदी-बहिनी भन्दै थुप्रै टिकटक बनाए ।

फिल्मीखबर, काठमाडौं, 2024-09-03, मंगलवार

चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त निर्देशनमा फिल्म ‘डिएनए’ बन्ने भएको छ । मंगलबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरियो । पौराणिक एक्सन-थ्रिलर शैली फिल्म बन्नेछ । फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित हुने र एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक मगरले बताए ।

फिल्मीखबर, काठमाडौं, 2024-09-03, मंगलवार

एक वर्षअघि चलचित्र विकास बोर्डले गरेको एउटा निर्णय विवादित बन्यो । बोर्ड आफैंले फिल्म बनाउने निर्णय गरेको थियो । र, यो निर्णयलाई तालुकवाला निकाय सञ्‍चार तथा सूचना मन्त्रालयले स्वीकृति दिएर बजेट समेत पास भइसकेको छ । फिल्म निर्माण गर्न ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, फिल्म बनाउने बोर्डको निर्णयप्रति फिल्मकर्मीहरूले भने आपत्ति जनाइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-09-02, सोमवार

गत वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’पछि निर्देशक दीपेन्द्र लामा यतिबेला ‘दुःखी आत्मा’ शीर्षकमा फिल्म बनाउने तयारीमा छन् । यसका लागि उनले केही महिनाअघि शीर्ष भूमिकामा दयाहाङ राई र आँचल शर्मालाई अनुबन्ध गरिसकेका थिए । अब अभिनेता अनुपविक्रम शाही पनि भित्रिएका छन् । कथाले मागेको चरित्रमा सुहाएपछि अनुपलाई लिएको निर्देशक लामाले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2024-09-02, सोमवार

तीजको दिन पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक गरिएको छ । भोजपुरी भाषामा तयार पारिएको ‘करेजा निकरी’ बोलको गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको गायन छ भने रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द छ । गीतमा निकिता चाण्डक, पल शाह र प्रकाश शाह नृत्य गर्दै प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-09-02, सोमवार

कुनै बेलाका सफल अभिनेता रमित ढुंगानाको पहिलो निर्देशनमा बनेको फिल्म हो, ‘नमेटिने घाउ’ । तर, नामजस्तै उनका लागि यो फिल्म कहिले नमेटिने घाउ बन्न पुगेको छ । २ करोडमा निर्माण भएको फिल्म हलमा दुई दिन पनि राम्ररी टिकेन । कथा गन्जागोल हुँदा न फिल्मलाई प्रशंसा मिल्यो न त रमितको निर्देशनमै अब्बलता देखियो । फिल्मले उही रिलिजको संख्या थप्ने काम मात्र गर्‍यो ।

Results : 2149 - 2154 of 23807