
नेपाली र साउथ कलाकारहरुको ‘पल्टन’ लिएर निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’ यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ६ करोडमाथिको बजेटमा निर्माण भएको फिल्मलाई नेपालीसहित हिन्दी र तेलुगू भाषामा पनि तयार पारिएको छ । त्यसमध्ये नेपाली र हिन्दी संस्करणलाई एकै मितिमा रिलिज गरिने निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले जानकारी दिएकी छन् ।

दशैंका दुई ‘ब्लकबस्टर’ फिल्म ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले बक्स अफिसमा अझै आफ्नो पकड गुमाएका छैनन् । उच्च शो र अकुपेन्सीसहित दुवै फिल्मले तेस्रो हप्तामा पनि आक्रामक व्यापारलाई जारी राखेका छन् । तिहारसम्म यो गति रोकिने छाँटकाँट देखिँदैन । यी दुई फिल्मको चुनौतीका बीच शुक्रबारबाट भने फिल्म ‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ । तर, यसलाई हलमा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ नै ठूलो ‘थ्रेट’ हुन् ।


नेपालमा कट्टर दुश्मन मानिएका अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको मिलन मिडियामा चर्चाको विषय बनिरहँदा अमेरिकामा दुई अभिनेत्री रञ्जना शर्मा र रुपा उपाध्यायबीचको लफडाले सामाजिक सञ्जाल तताएको छ । रुपाले आफ्नो घरबाट रञ्जनालाई निकालेको भिडियो फेसबुकमा सेअर गरेपछि उनीहरुबीचको विवाद छताछुल्ल भएको हो । यो दशैंपछिको घटना हो ।

फिल्म ‘सानो संसार’ गत असोज ११ गते प्रदर्शनमा आएको थियो । तर, प्रदर्शनको दिनदेखि परेको निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि निर्माताले दुई दिनमै फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका थिए । अब भोलि शुक्रबार (कात्तिक ९ गते)बाट फिल्मलाई पुनः प्रदर्शन गरिँदैछ । पहिलो प्रदर्शनको बेला गरिएको प्रिमियरमा फिल्मले अब्बल प्रतिक्रिया पाएको थियो । बुधबार फिल्मको दोस्रो प्रिमियर गरियो, जहाँ प्रशंसाको वर्षा नै भयो ।

झिलिमिलीको पर्व मानिने तिहारको विदा पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार युट्युबमार्फत् सार्वजनिक दोहोरी ब्याटल शैलीको ‘रैयाँ चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द रचना तथा गायक अविरल स्वयंको संगीत छ ।

