
आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को पहिलो गीत अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको छ । ‘त्यो माया हो’ बोलको रोमान्टिक भावको गीतमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँ प्रस्तुत छन् । गीतले उनीहरुको प्रेम र समर्पणको भाव बोलेको छ । भिडियोमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

अहिलेका सफल अभिनेता प्रदीप खड्काको फिल्म यात्राले १० वर्ष पूरा गरेको छ । सन् २०१५ मा रिलिज भएको ‘स्केप’बाट उनी अभिनय दुनियाँमा आएका थिए । यो उनकै निर्माणमा बनेको थियो । उनलाई अभिनेताको रुपमा पहिचान भने फिल्म ‘प्रेमगीत’ले दिलायो । यसपछि उनले करिअर फर्केर हेर्नु परेको छैन । समग्रमा उनको एक दशकको यात्रालाई सन्तोषजनक मान्न सकिन्छ ।

आगामी चैत महिनामा फिल्म रिलिजको ठूलो चाप देखिने भएको छ । करिब आधा दर्जन फिल्म यही महिनामा रिलिज हुने देखिन्छ । यसैबीच, चैत ८ गतेबाट क्राइम-थ्रिलर फिल्म ‘११:५५’ प्रदर्शनमा आउने भएको छ । अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराइयो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।


यही पुष २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’मा अभिनेता दयाहाङ राई झाँक्रीको भूमिकामा छन् । ३ हप्ताअघि सार्वजनिक भएको टिजरमा उनलाई ढ्याङ्ग्रो ठटाउँदै आगोको भुङ्ग्रोमाथि नाचिरहेको देख्न सकिन्छ । धेरैले यो प्रविधिको प्रयोग गरिएको ‘छल दृश्य’ हुनसक्ने आशंका गरेका थिए । तर, दयाहाङले वास्तवमै आफू आगोको भुङ्ग्रोमाथि नाचेको बताएका छन् ।

आगामी माघ १६ गते (शहिद दिवस)देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वान’को मुख्य भूमिकामा दुई पुस्ता छन्, राजबल्लभ कोइराला र प्रदीप खड्का । राजबल्लभ दशकअघिका ‘स्टार’ हुन् । उनीपछि उदाएको पुस्तामा प्रदीप पर्छन् । यसैले उनीहरुलाई पहिलो पटक एकसाथ पर्दामा हेर्न दर्शक अधैर्य छन् । ‘को हिरो र को भिलेन’ भन्ने कौतुहलता पनि उतिक्कै देखिन्छ ।

