
‘फिगर कोकाकोला’ गर्ल अशिष्मा नकर्मी आमा बन्ने भएकी छन् । विवाह बन्धनमा बाँधिएको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । २०७४ सालमा उनले नविनचन्द्र प्रधानसँग विवाह गरेकी थिइन् । विवाहपछि श्रीमानसँग अमेरिकामा बस्दै आइरहेकी उनले सोमबार इन्स्टाग्राममा बेबी बम्पसहितको तस्वीरहरु सेअर गर्दै आमा बन्न लागेको खुसी साटेकी हुन् ।

अभिनेत्री वर्षा सिवाकोटीले निजी जीवन र फिल्मी करिअरमा ठूलो आरोह-अवरोह झेलेकी छन् । वैवाहिक जीवन एक वर्ष नपुग्दै टुंगियो । डेब्यु फिल्म ‘नाइँ नभन्नू ल २’ र दोस्रो फिल्म ‘पशुपति प्रसाद’पछि उनका १२ वटा फिल्म श्रृंखलाबद्ध रुपमा असफल भए । जसले उनको करिअर नै संकटग्रस्थ बनायो । तर, ‘प्रतिक्षाको फल मीठो हुन्छ’ भनेझैँ वर्षाले ७ वर्षपछि ‘परदेशी २’बाट हिटको स्वाद चाखिन् । यसले उनका लागि सफलताको ढोका खोलेको जस्तै देखिन्छ ।

करिब एक दशकयता नेपालमा एक्सन फिल्म विरलै बने । जति बने, ती अपेक्षित चलेनन् । जसले गर्दा कमेडी, सामाजिक कथा र लभस्टोरी फिल्मको बाढी आयो । लगभग एक दशकदेखि नेपाली फिल्म यसैको पछाडि देखिन्छ । तर, हरेक एक दशकमा फिल्मले आफ्नो ‘ट्रयाक’ परिवर्तन गर्छ । यसकै संकेत हो, एक्सन कथावस्तुमा बनेको फिल्म ‘१२ गाउँ’ले प्राप्त गरेको सफलता ।

गुरु नानक जयन्तीको विदा पारेर यही कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लम्बाईको संवादविहीन टिजरले प्रेम, द्वन्द्व र रहस्यलाई प्रस्तुत गर्छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई पछ्याएको टिजरले उनीहरुको सम्बन्धमा आउने उतार-चढावलाई देखाउँछ, जुन रोचक छ ।

राजनीति र फिल्म क्षेत्रमा दोस्ती र दुश्मनी दिगो हुँदैन भनिन्छ । घाँटी जोडेर हिँडेकाहरु क्षणभरमै दश्मन बनेका र वर्षौंदेखि पानी बाराबारको सम्बन्ध रहेकाहरु घनिष्ट मित्र बनेका कयौं उदाहरण छन् । अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको सम्बन्ध हेर्दा पनि यो छर्लङ्ग हुन्छ । कुनै बेला एकअर्काको नाम समेत सुन्न नचाहने उनीहरु यतिबेला गाला जोडेर टिकटक बनाउन थालेका छन् ।

गन्धर्व समुदायको कथामा आधारित भएर बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । ‘काँधेकुरी’ गीत रिलिजपछि चर्चामा रहेको फिल्मले गत बिहीबार सार्वजनिक ट्रेलरबाट पनि राम्रो ‘हाइप’ निर्माण गरेको छ । युट्युबमा ट्रेलरलाई आकर्षक भ्यूज मिलेको छ भने प्रतिक्रिया पनि सकारात्मक प्राप्त छ ।

