Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2143 - 2148 of 23807
फिल्मीखबर, काठमाडौं, 2024-09-05, बिहिवार

बलात्कारविरुद्धको आवाज उठाएको फिल्म ‘देवी’ तीजको दिन पारेर भोलि शुक्रबार (भदौ २१ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको ‘रेड कार्पेट’ प्रिमियर गरिएको थियो, जहाँ उपस्थित अधिकांश अतिथिहरुले विषयवस्तु र अभिनेत्री शिल्पा मास्केको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-09-05, बिहिवार

दुई दशकअघिको चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’मा अभिनेता हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्र निकै रुचाइएको थियो । अझै पनि हरिवंशलाई यही चरित्रका कारण धेरैले सम्झने गर्छन् । अब उनले हरिबहादुरको चरित्र फिल्ममा पनि निभाउने भएका छन् । त्यो फिल्मको नाम हो, ‘हरिबहादुरको जुत्ता’ । बुधबार यो शीर्षकमा फिल्म बन्न लागेको जानकारी गराइयो ।

फिल्मीखबर, काठमाडौं, 2024-09-04, बुधवार

यही शुक्रबार (तीजको विदा)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को ट्रेलरमा निर्मला पन्त हत्या प्रकरणको बारेमा पत्रिकामा लेखिएको एउटा ‘कटआउट’ प्रयोग छ । जसले गर्दा धेरैले निर्मला पन्तको घटनामा आधारित भएर फिल्म बनेको हुनसक्ने अनुमान गरेका छन् । तर, यसका निर्देशक सञ्जोग राईले कोही पनि बलात्कार पीडितलाई प्रयोग गरेर फिल्म नबनाएको दाबी गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-09-04, बुधवार

यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘कार्साङ्’ आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा फिल्मका शीर्ष अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङलेखु प्रस्तुत छन् । सुरुवाल मात्र लगाएर रिसाएको भावमा देखिएका उनको कसैसँग ठूलै झगडा भएको प्रष्ट बुझिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-09-04, बुधवार

अभिनेता पल शाहले फिल्ममा ‘रोमान्टिक लभर ब्वाईको छवि’ बनाएका छन् । पहिलो फिल्म ‘नाइँ नभन्नू ल ४’देखि उनी रोमान्टिक भूमिकामा देखिँदै आएका छन् । र, यो नै उनको ‘कम्फर्ट जोन’ बनेको छ । तर, यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’बाट उनी आफ्नो ‘छवि’ बदल्न खोज्दैछन् । किनकि, यसमा उनी एक्सन भूमिकामा छन् । त्यसमा पनि दोहोरो चरित्र छ ।

फिल्मीखबर, काठमाडौं, 2024-09-03, मंगलवार

आगामी कात्तिक ३० गते (गुरु नानक जयन्तीको दिन) नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । अभिनेता नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ र अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘बम बहादुर’ले कात्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरिसकेको अवस्थामा अब अर्को फिल्म ‘केटी हराएको सूचना’ पनि थपिएको छ ।

Results : 2143 - 2148 of 23807