
जब फिल्म रिलिजको मुखमा हुन्छ तब कलाकारहरुले प्रचारका लागि कुनै ठाउँ बाँकी राख्दैनन् । आफूलाई उत्तिधेरै ज्ञान नभएको ठाउँमा समेत प्रचार गर्नुपर्ने बाध्यता हुन्छ । केही समययता नेपाली फिल्मको प्रचारका लागि ‘इन्द्रेणी’ नामक लोकदोहोरी कार्यक्रम निर्माताहरुको पहिलो प्राथमिकतामा परिरहेको छ । र, त्यहाँ पुगेर कलाकारहरुले कनीकुथी दोहोरोमा भाका हाल्ने प्रयास गर्छन् ।


बलिउडका सुपरस्टार सलमान खान ६ वर्षदेखि ‘क्लिन हिट’ फिल्मको खोजीमा छन् । सन् २०१७ मा आएको फिल्म ‘टाइगर जिन्दा हे’पछि उनले सानदार हिट दिन सकेका छैनन् । जसले गर्दा उनको स्टारडममाथि समेत प्रश्न उठ्न थालेको छ । अब उनलाई ठूलो आशा भनेको लक्ष्मीपूजा (कात्तिक २६ गते)देखि प्रदर्शनमा आउन लागेको आफ्नो सफल फिल्म ‘टाइगर’को तेस्रो श्रृंखलाप्रति छ ।

यसपालिको दशैं नेपाली फिल्मका लागि यादगार बन्दा अबको पखाई र चासो तिहारलाई लिएर छ । ‘लुट’ निर्देशक निश्चल बस्नेतको कमब्याक फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई ६ दिन लामो तिहार विदा छ । जसले गर्दा फिल्मले बक्स अफिसमा राम्रो अंक जोड्ने प्रक्षेपण गरिएको छ । तर, यसका लागि फिल्मको ‘वर्ड अफ माउथ’ बुलन्द हुनुपर्नेछ ।

घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘चित्रा’को तिहारको छेको पारेर पहिलो गीत सार्वजनिक गरिएको छ । ‘नजरैको हानाहान’ बोलको लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने सिवाकोटी स्वयंको शब्द तथा संगीत छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतमा फिल्मका अभिनेता सन्तोष अधिकारी र अभिनेत्री शुभेच्छा खड्काको नृत्य समावेश छ ।

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख तथा माओवादी केन्द्रका नेता भरतकुमार थापाको कथामाथि फिल्म निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘मेयर’ शीर्षकमा थापामाथि फिल्म बनाउन लागेका हुन् । यतिबेला प्रि-प्रोडक्सनको काम भैरहेको फिल्मको छायांकन आगामी माघदेखि सर्लाही क्षेत्रमा हुने निर्देशक खनालले जानकारी गराएका छन् ।