मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2137 - 2142 of 22588
फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २१, मंगलवार

‘सेलिब्रेटी पत्रकार’को छवि बनाएका ऋषि धमला फिल्मका निर्माता पनि हुन् । एलिजा गौतम (श्रीमती)लाई अभिनेत्री बनाउन उनले फिल्म ‘अनुराग’को निर्माण गरेका थिए । फिल्मको प्रचारमा समेत उनी राम्रै खटिए । फिल्म रिलिजपछि हलमा नेताको लर्को पनि लगाए । तर, फिल्म कमजोर हुँदा लगानीको एक तिहाई पनि उठ्न सकेन । न त एलिजाले अभिनयमा सम्भावना देखाउन सकिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २१, मंगलवार

अभिनेत्री रेखा थापाका लागि यो वर्ष विशेष छ । यसको दुईटा कारण छ । पहिलो, उनी अभिनीत फिल्म ‘उपहार’ महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । दोस्रो, फिल्म रिलिजको बेला उनी आमा भैसकेकी हुनेछिन् । पाँच महिनाको गर्भवती रहेको समयमा उनले फिल्ममा काम गरेकी थिइन् । यसैले छायांकन भ्याउन निर्माण टिममा राम्रै हतारो थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २०, सोमवार

डेब्यू फिल्म ‘लुट’देखि नै निर्देशक निश्चल बस्नेतको सेन्सर बोर्डसँग ३६ को आँकडा छ । त्यसबेला बोर्डले फिल्मको थुप्रै दृश्य काट्न लगाउँदै कतिपय संवादमा विप राख्न निर्देशन दिएको थियो । फिल्मको सेन्सर नै रोकिएपछि निश्चलले बोर्डको निर्देशन मान्दै केही दृश्य काटे र केही संवादमा विप लगाए । तर पनि फिल्मले ‘एडल्ट’ सर्टिफिकेट पायो । त्यसबेला निश्चल बोर्डमाथि खनिएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २०, सोमवार

निर्देशक दीपेन्द्र के. खनालका लागि यस वर्ष सुखद् बनेको छ । उनी निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ व्यावसायिक रुपमा सफल सावित भयो । खगेन्द्र लामिछाने लेखनमा चुकेको टिप्पणी भए पनि खनालको निर्देशकिय कौशलप्रति खासै धेरै प्रश्न उठेका छैनन् । अब उनी नयाँ फिल्मको तयारीमा जुटेका छन् । यस वर्ष उनले दुईटा फिल्मको छायांकन गर्ने सम्भावना प्रवल छ ।

एजेन्सी, मुम्बई, २०८० कार्त्तिक २०, सोमवार

बलिउड अभिनेत्री कंगना रनावत अभिनीत फिल्म ‘तेजस’सँग प्रतिस्पर्धाको मैदानमा उत्रिएको विधु विनोद चोपडा निर्देशित फिल्म ‘१२औं फेल’ बक्स अफिसमा राम्रो अंकसहित पास भएको छ । सशक्त ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापार बढेको मात्र छैन, यस वर्षको हिट सावित भैसकेको छ । जम्मा ५ करोड भारुमा निर्माण भएको फिल्मको व्यापार दोस्रो हप्तामा थप बढेको अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २०, सोमवार

‘सेलिब्रेटी निर्देशक’को रुपमा कहलिएका निश्चल बस्नेतले सन् २०१२ देखि सन् २०२३ सम्ममा जम्मा चारवटा फिल्म बनाएका छन् । ‘लुट’ उनको डेब्यू फिल्म थियो । ‘टकलजंग भर्सेस टुल्के’ दोस्रो, ‘लुट २’ तेस्रो र यही कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दिमाग खराब’ चौंथो । यसमध्ये उनका अघिल्ला तीन फिल्म महिलाभन्दा पुरुष पात्रलाई प्राथमिकतामा राखेर बनेका थिए ।

Results : 2137 - 2142 of 22588