
‘लुट’बाट नेपाली फिल्मको ‘ट्रेन्ड सेटर’ निर्देशकको पहिचान बनाएका निश्चल बस्नेतले ६ वर्षपछि पुनरागमन गरेको फिल्म ‘दिमाग खराब’ले तिहारको छेको पारेर शुक्रबारबाट प्रदर्शन थालेको छ । निश्चलकै कारण ठूलो अपेक्षा राखिएको फिल्मले बक्स अफिसमा राम्रो अंक जोड्ने प्रक्षेपण गरिएको छ । देशभरका मल्टीप्लेक्सहरुले दिएको शोज हेर्दा फिल्मलाई बम्पर ओपनिङको अवसर छ ।

अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन भएको छ । २८ वर्षको उमेरमा बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार राति अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युको कारण खुलेको छैन । उनको निधनको खबर सार्वजनिक भएसँगै फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अभिनयमा पारंगत मानिने कलाकार प्रकाश घिमिरे १३औं दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई बुधबार दिउँसो मणिपाल शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो । कात्तिक १० गते बिहान पोखरास्थित नदीपुर-३ मा गाईका लागि घाँस काट्न जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो ।

यसपालिको दशैं विदामा दुई नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी’ले गरि झण्डै १४ करोडमाथिको व्यापार गरे । यो अंक सम्मानजनक हो । दुवै फिल्मको ‘वर्ड अफ माउथ’ उम्दा भैदिएको हुन्थ्यो भने यो अंक अझै बढ्न सक्थ्यो । दशैं सकिएसँगै दुवै फिल्मको व्यापारमा भारी गिरावट आएको छ । अब यी दुईवटै फिल्मका निर्मातालाई तिहार विदाको धेरथोर आशा देखिन्छ ।

गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘जय हो’को बेला अभिनेत्री केकी अधिकारीले सलोन बस्नेतलाई आफ्नो बाल्यकालको ‘चाइल्ड स्टार’ भनेकी थिइन् । हुन पनि सलोन त्यसबेलाका कुनै ठूला स्टारभन्दा कम लोकप्रिय थिएनन् । फिल्ममा उनी बाल कलाकारको भूमिकामा निर्विकल्पझैँ थिए । तर, उमेर बढेसँगै हिरोको रुपमा प्रस्तुत हुन थालेपछि उनले ‘स्टार’को छवि बनाउन सकेका छैनन् ।

तिहारको अवसर पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हजुरी’ बोलको मर्मस्पर्शी गीतमा जयन जे वाइवाको शब्द रचना तथा संगीत छ भने गायनमा वाइवालाई मीना निरौलाले साथ दिएकी छन् । यो गीतले फिल्मका प्रमुख दुई पात्र खगेन्द्र लामिछाने र स्वस्तिमा खड्काको पीडा बोलेको छ ।