Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2119 - 2124 of 23994
फिल्मीखबर, काठमाडौं, 2024-11-08, शुक्रवार

यही कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ अब पूर्वनिर्धारित मितिमा नआउने भएको छ । शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ । लक्ष्मीपूजाबाट आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरेपछि ‘केटी हराएको सूचना’ले रिलिज स्थगन गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-11-08, शुक्रवार

महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित भएर बनेको फिल्म ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनी स्वयंले आफ्नो भूमिकामा अभिनय गरेकी छन् । उनको बाल्यकालदेखि खेल जीवनसम्मको यात्रालाई फिल्ममा देखाइएको छ । हालै सम्पन्न साफ महिला च्याम्पियनसिपमा उनले गरेको सानदार प्रदर्शनपछि दर्शकमा फिल्मको पखाई बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-11-08, शुक्रवार

आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ३८ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-11-08, शुक्रवार

यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको छ । पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको हो । यसले फिल्मलाई ‘हाइप’ दिलाउन ठूलो मद्दत मिलेको छ । ‘स्टारकास्ट’कै कारण फिल्मले सफलता हासिल गर्न सक्ने विश्लेषण भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-11-08, शुक्रवार

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहमा आबद्ध भएपछि कलाकार केदार घिमिरे (माग्ने बुढा)लाई बाहिरी फिल्ममा काम गर्न अनुमति थिएन । तर, टिम साघुरिँदै गएपछि दीपक-दीपाले केदारलाई स्वतन्त्र हिसाबले काम गर्न छाडिदिएका छन् । अर्थात् उनलाई अब अरु फिल्म गर्न रोकतोक छैन । यसैले केदारले पनि लगातार बाहिरी फिल्म सम्झौता गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-11-07, बिहिवार

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको दुई दिन हलमा टिक्नै संघर्ष गरेको फिल्म यतिबेला व्यापारिक रुपमा रेकर्ड बनाउने बाटोमा देखिएको छ । गत शनिबारबाट आक्रामक रुपमा अगाडि बढेको फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाएको निर्माण कम्पनी सेभेन सिजले दाबी गरेको छ ।

Results : 2119 - 2124 of 23994