Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2119 - 2124 of 24233
फिल्मीखबर, काठमाडौं, 2025-01-15, बुधवार

शेर्पा समुदायको धर्म र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘कार्साङ’को ६ दिनको व्यापारिक आँकडा सार्वजनिक गरिएको छ । बुधबार निर्माण कम्पनी यार्सा फिल्म्सले जारी गरेको एक पोस्टरमा फिल्मको ६ दिनको ग्रस कमाइ १ करोड ४५ लाख उल्लेख छ । यसबाट निर्माताको हातमा बढीमा ५५-६० लाख पर्न सक्छ । ‘स्टारकास्ट’को हिसाबले फिल्मको यो व्यापार अपेक्षित भने होइन ।

फिल्मीखबर, काठमाडौं, 2025-01-15, बुधवार

फागु पूर्णिमा (होली)को अवसर पारेर आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिला’को प्रचारात्मक गीतको रुपमा बुधबार युट्युबमार्फत् ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यसमा कीर्तिमानी नेपाली गीत ‘कुटुमा कुटु’ जोडीको पार्श्व गायन छ । अर्थात् राजनराज सिवाकोटी र मेलिना राईले स्वर दिएका छन् । गीतमा राजनराज स्वयंको शब्द तथा संगीत छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-15, बुधवार

अचेल फिल्म बनाउनभन्दा प्रचारमा बढी मिहिनेत गर्नुपर्ने अवस्था छ । प्रचारमा पनि नयाँ र फरक शैली अपनाउनुपर्ने हुन्छ, जसले दर्शकको ध्यान आकर्षित गराउन सकोस् । पछिल्लो समय फिल्मका निर्माताहरुले विभिन्न शीर्षकमा प्रतियोगिताको घोषणादेखि मोबाइलजस्ता उपहार योजना अगाडि सारेर फिल्मको प्रचार गरिरहेका छन् । केही हदसम्म यो प्रभावकारी पनि देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-15, बुधवार

फिल्म ‘पिताम्बर’मा अभिनेता प्रदीप खड्का पहिलो पटक पूर्ण रुपमा एक्सन भूमिकामा देखिँदैछन् । त्यसको झलक यही सोमबार सार्वजनिक टिजरमा पनि देखिएको छ । एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत भएका उनलाई काटमारका दृश्यसहित देख्न सकिन्छ । उनलाई एक्सन अवतारमा दर्शकले पनि रुचाएका छन् । युट्युबमा टिजरलाई प्राप्त धेरैजसो प्रतिक्रिया उनकै तारिफमा देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-15, बुधवार

अभिनेत्री वर्षा राउत र ‘साँघुरो’ फेम्ड निर्देशक जोयस पाण्डेलाई मुख्य भूमिकामा लिएर फिल्म ‘हिउँको गीत’ निर्माण भएको छ । मंगलबार अमेरिकास्थित पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा फिल्मको अन्तिम दृश्य छायांकन गरियो । ओहायो राज्यको क्लिभल्याण्ड सहरमा रहेको हलिउडका फिल्म छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा समेत फिल्म खिचिएको जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-14, मंगलवार

यही माघ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लामो टिजरले कथावस्तुबारे प्रकाश पार्छ । अभिनेत्री अस्मिता ढकालमा केन्द्रित टिजरले अनमेल विवाह गर्न बाध्य एउटी नाबालिगले पतिको घरमा भोग्नुपरेको दुःख र मानसिक पीडालाई मर्मस्पर्शी रुपमा देखाएको छ ।

Results : 2119 - 2124 of 24233