Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2107 - 2112 of 23994
फिल्मीखबर, काठमाडौं, 2024-11-12, मंगलवार

कुनै बेलाका सफल निर्देशक हुन्, प्रकाश सायमी । उनले ‘पृथ्वी’, ‘सीमाना’, ‘अवतार’ जस्ता सफल फिल्म दिएका छन् । तर, उनी निर्देशनमा करिब ९ वर्ष मात्र सक्रिय रहे । सन् १९९० मा आएको ‘पिरती’बाट निर्देशनमा होमिएका उनको पछिल्लो फिल्म ‘हतियार’ (१९९९) थियो । यसपछि निर्देशनमा टाढा रहेका उनी अचेल समालोचक एवं विश्लेषकको रुपमा बढी चिनिन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-11-12, मंगलवार

शेर्पा समुदायको कथामा आधारित भएर बनेको फिल्म ‘कार्साङ’ आगामी पुष २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा रहेको फिल्ममा जितु नेपालको पनि अभिनय छ । मंगलबार उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । उनको लुक्स र गेटअप हेर्दा आदिवासी जनजाती समुदायको चरित्र देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-11-11, सोमवार

‘भर्सटायल’ अभिनेता विपिन कार्की ‘महाजात्रा’ रिलिजको करिब ७ महिनापछि नयाँ फिल्म ‘तेल भिसा’मार्फत् पर्दामा देखिँदैछन् । आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म उनका लागि निकै विशेष छ । किनकि, यसमा उनी बाबु र छोराको गरी दोहोरो भूमिकामा देखिएका छन् । दुईवटा भूमिका भएकै कारण उनले पारिश्रमिक ४० लाख लिएको समेत चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, 2024-11-11, सोमवार

चन्द्र पन्त द्वन्द्व निर्देशनमा स्थापित नाम हो । उनले दुई दर्जन बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका छन् । यही शुक्रबार अर्थात् कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘ह्रस्व दीर्घ’ उनी निर्देशित पहिलो नेपाली फिल्म हो । यसअघि उनले दुईवटा भोजपुरी फिल्म ‘निरहुआ चलल लण्डन’ र ‘माही’को निर्देशन गरिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-11-11, सोमवार

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । अर्थात् उनीहरु अभिभावक बन्दैछन् । आइतबार आश्माले ‘बेबी सावर’ मनाएकी थिइन् । सोमबार उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेअर गरेकी छन्, जसमा उनले ‘मम्’ र संयमले ‘ड्याड’ लेखिएको क्यापटोपी लगाएका छन् । आश्मा आगामी मंसिरमा आमा बन्न लागेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-11-11, सोमवार

कीर्तिमान भनेको तोडिनका लागि बन्छ । संसारमा असम्भव मानिएका कयौं कीर्तिमान तोडिएका छन् । तर, फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएको दुर्लभ कीर्तिमान तोडिन सहज देखिँदैन । लक्ष्मीपूजा (कात्तिक १५ गते)बाट प्रदर्शनमा आएको यो फिल्मले शो संख्या र व्यापारमा कीर्तिमान रचेको छ । सर्वाधिक शो पाउने नेपाली फिल्मको रेकर्ड आफ्नो नाममा बनाएको फिल्मले एक दिनमै सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान पनि कायम गरेको छ ।

Results : 2107 - 2112 of 23994