
आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’का निर्देशक शंकर घिमिरे र अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरेविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । उनीहरुले अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । प्रहरीले उजुरी दिने व्यक्तिको नाम भने खुलाएको छैन ।

दीपावलीमा रिलिज भएको अजय देवगन अभिनीत फिल्म ‘सिंघम अगेन’मा सुपरस्टार सलमान खानको केमियोको ठूलो चर्चा भयो । ‘दबंग’को ‘आइकनिक’ कप अवतार चुलबुल पाण्डेको रुपमा प्रस्तुत भएका उनको इन्ट्रीसँगै फिल्मले विट मारेको छ । र, भनिएको छ, ‘मिशन चुलबुल सिंघम लोडिङ सून ।’ यसले के प्रष्ट पार्छ भने अब सलमान र अजय एकसाथ फिल्ममा देखिनेछन् ।

कोरोना महामारीभन्दा अघि नेपालका अधिकांश ओटीटी प्लेटफर्म मृत्युप्रायः थिए । कुनैले अपेक्षित रुपमा दर्शक तान्न सकेका थिएनन् । पैसा तिरेर ओटीटीमा फिल्म हेर्ने बानीको पनि विकास भएको थिएन । बरु हलमै पुग्ने वा युट्युबमा पर्खिनेको जमात ठूलो थियो । तर, कोभिडको समयमा हलहरु ठप्प हुँदा विश्वमै ओटीटीको दबदबा बढ्यो । नेपालीहरु पनि यसमा आकर्षित भए । यही समयमा जुरमुराएको ओटीटी प्लेटफर्म हो, ‘सिनेमाघर एप’ ।

यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को एकपछि अर्को प्रचारात्मक सामाग्री सार्वजनिक भइरहेका छन् । ‘उठेर नाचिस्यो’ गीत र अघिल्लो हप्ता सार्वजनिक ट्रेलरले राम्रो ‘हाइप’ निर्माण गरिरहँदा फिल्म रिलिजको संघारमा नयाँ गीत ‘भगवान् नै आमा हुन्’ सार्वजनिक गरिएको छ । आमाको महिमा वर्णन गरिएको गीत मर्मस्पर्शी छ ।


कुनै बेला नेपालको बजारमा भारतीय फिल्मको हालीमुहाली थियो । तर, अहिले परिस्थिति बदलिएको छ । केही वर्षयता भारतीय फिल्ममाथि नेपाली फिल्म हाबी भइरहेका छन् । गत वर्ष बलिउडको ‘टाइगर ३’ जस्तो ठूलो फ्रेन्चाइज फिल्मलाई समेत ‘दिमाग खराब’ले नेपालका हलमा टिक्न दिएन । यो नेपाली फिल्मले हासिल गरेको ठूलो सफलता थियो ।

