
यतिखेर देशभर मेला-महोत्सवको सिजन चलेको छ । ७७ जिल्लामध्ये आधाभन्दा बढीमा महोत्सव भइरहेका छन् । यसले गायिका-गायिकादेखि फिल्मका कलाकारलाई भ्याइनभ्याइ बनाएको छ । दर्शकको ठूलो उपस्थिति हुने भएकाले महोत्सवहरु फिल्म प्रचार गर्ने थलो पनि बनिरहेका छन् । यतिबेला पल शाहदेखि प्रदीप खड्कासम्मले महोत्सवबाटै आफ्नो फिल्मको प्रचार गरिरहेका छन् ।

प्रेम दिवसको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’को प्रचारलाई आक्रामक तुल्याउन ‘जोक जात्रा’ कार्यक्रम गरिने भएको छ । केही चर्चित कमेडियनसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम देशका १० वटा सहरमा गरिने निर्माता हिमाल कडरियाले जानकारी दिए । उक्त कार्यक्रममा फिल्मका कलाकारहरु पनि सहभागी हुनेछन् ।

कुनै बेला करिअरको उत्कर्षमा थिए, आर्यन सिग्देल । लभस्टोरी फिल्ममा निर्विकल्पझैँ बनेका उनलाई ‘नम्बर वान अभिनेता’ समेत भनियो । तर, पछि फिल्म छनोटमा चुक्दा उनको करिअर डामाडोल बन्यो । ८ वर्ष उनका एउटा पनि फिल्म चलेनन् । जसले गर्दा उनी ठूलो संकटमा थिए । गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले संकटमोचन गरेपछि भने उनको दिन फिरेको छ ।


हिमाल न्यौपानेको निर्देशनमा फिल्म ‘जनै हराएको बाहुन’ बन्ने भएको छ । शुक्रबार निर्माण कम्पनी पेपरक्लिपले हिमाललाई निर्देशकमा अनुबन्धित गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो । फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्ने जनाइएको छ ।

राजन भुषालको निर्देशनमा तयार भएको फिल्म ‘एक्टरः टेक वान’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ४६ सेकेन्ड लम्बाईको ट्रेलर अभिनेता प्रदीप खड्काको वरिपरि घुमेको छ । आफ्नो परिचय बनाउन उनको पात्रले गर्ने संघर्ष र षड्यन्त्रमा फिल्मको कथा केन्द्रित रहेको देखिन्छ । फिल्ममा उनी पाइलटदेखि थिएटरको कलाकारसम्म बनेको ट्रेलरले खुलाउँछ ।

