Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2053 - 2058 of 23507
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २७, बिहिवार

फिल्म ‘घरज्वाइँ’बाट यस वर्षको असार विदा हुँदैछ । भोलि शुक्रबार (असार २८ गते) देखि प्रदर्शनमा आउन फिल्मको बुधबारबाट देशभरका मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ला भइसकेको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीका कारण फिल्मले मल्टीप्लेक्सहरुमा पर्याप्त शोज पाएको छ । शोज संख्या हेर्दा फिल्मप्रति हल सञ्चालकहरुले ठूलै अपेक्षा राखेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २७, बिहिवार

अभिनयमा पारंगत मानिएका अभिनेता नाजिर हुसेनले पहिलोपटक ट्रान्सवुमन (पारालैंगिक महिला)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’ आगामी कात्तिक ९ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । नाजिरलाई चित्रित गर्दै बिहीबार सार्वजनिक एक पोस्टरमार्फत् फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । तिहार विदालाई लक्षित गरेर फिल्म प्रदर्शनमा आउन लागेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २६, बुधवार

‘कबड्डी ४’को ‘रेकर्डब्रेक’ व्यावसायिक सफलतापछि अभिनेत्री मिरुना मगरको करिअरले यतिबेला लोभलाग्दो उडान भरिरहेको छ । विगत ४/५ वर्षयता अभिनेत्रीहरुमध्ये सबैभन्दा बढी सफल फिल्म नै उनको खातामा छ । ‘कबड्डी ४’सहित ‘जारी’, ‘नाङ्गो गाउँ’ र ‘मनसरा’ गरी उनका चारवटा फिल्म सफल भैसकेका छन् । र, यिनै फिल्मको सफलताले उनको डिमान्ड पनि ह्वात्तै बढाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २६, बुधवार

गत वर्षको मध्यतिरबाट फिल्म निर्माणको चाप बढेको छ । जसले गर्दा रिलिजको संख्यामा पनि वृद्धि भइरहेको छ । बैशाख र जेठ फिल्ममय भए । वर्षातको मौसमले गर्दा असारमा भने रिलिजको चाप देखिएन । फेरि साउनमा हप्तैपिच्छे फिल्म लाग्दैछन् । अब धेरैको ध्यान भदौ र असोजमा छ । किनभने, यी दुई महिनामा रिलिजको बाढी देखिँदैछ । झन्डै एक दर्जन फिल्म रिलिज हुँदैछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २६, बुधवार

कुनै समय फिल्म तथा टेलिसिरियलका सक्रिय कलाकार हुन्, ध्रुव थापा । तर, अमेरिका बस्न थालेपछि उनको अभिनय यात्रा टुट्यो । अब फिल्म ‘ईश्वर’बाट करिब एक दशकपछि उनी अभिनयमा फर्किएका छन् । यसमा उनले निर्माताको पनि जिम्मेवारी उठाएका छन् । आगामी साउन ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा आफू निडर र निष्ठावान चरित्रमा रहेको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २६, बुधवार

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’ यही शुक्रबार अर्थात् असार २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मको मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरिएको थियो । जहाँ तीनवटा समुहले फिल्मको कथाअनुसार मगर पहिचान झल्किने भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।

Results : 2053 - 2058 of 23507