मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2053 - 2058 of 22584
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १४, बिहिवार

नेपाली फिल्ममा बेला बखतमा केही जोडी दर्शकको ‘प्रिय’ बन्ने गरेका छन् । कुनै बेला राजेश हमाल र करिश्मा मानन्धरको जोडी सर्वाधिक हिट मानिन्थ्यो । अघिल्लो वर्ष फिल्म ‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगरको जोडी अहिले ‘हाई डिमाण्ड’मा छ । पर्दामा रुचाइएको जोडी लिँदा फिल्म चलाउन धेरै सहज हुन्छ भन्ने विश्वासले मेकरहरुले पनि एउटै जोडी दोहोर्‍याउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १४, बिहिवार

नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिदमा यतिबेला कुनै कम्पनीको हालिमुहाली छ भने त्यो सेभेन सिज इन्टरटेनमेन्ट हो । ठूला स्टार र प्रतिष्ठित ब्यानरका फिल्महरु आफ्नो पोल्टामा पार्दै आएको यो कम्पनीले अब ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मम्को नयाँ फिल्म ‘दयारानी’को पनि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १४, बिहिवार

यतिबेला दयाहाङ राई र मिरुना मगरको जोडी ‘हटकेक’ छ । ‘कबड्डी ४’ र ‘जारी’ फिल्मको सफलतापछि उनीहरु हरेक मेकरको रोजाईमा परिरहेका छन् । उनीहरुले पनि लगातार फिल्ममा काम गरिरहेका छन् । यस वर्षको भदौमा आएको उनीहरु अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ पनि हिट भएको थियो । आगामी फागुन २५ गते यही जोडीको अभिनय रहेको फिल्म ‘रङ्गेली’ प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १४, बिहिवार

फिल्म ‘साङ्लो’ रिलिजको ४ वर्षपछि ‘एक्सन स्टार’ विराज भट्टले नयाँ फिल्मको घोषणा गरेका छन् । बिहीबार फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘१२ गाउँ’को निर्माण घोषणा गरेका हुन् । पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । विराज स्वयंको निर्देशन रहने फिल्म एक्सन-थ्रिलर कथामा बन्नेछ । विराज भट्ट फिल्म प्रडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ ।

एजेन्सी, मुम्बई, २०८० मंसिर १३, बुधवार

जब निर्देशक सन्दीप रेड्डी भांगाले आफ्नो सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबीर सिंह’मा अभिनेता शाहिद कपूरलाई काष्ट गर्ने निर्णय गरेका थिए, त्यसबेला उनको कास्टिङलाई लिएर प्रश्न उठेको थियो । तर, शाहिद निर्देशक भांगाको पहिलो रोजाई भने थिएनन् । सुरुमा उनले अभिनेता रणवीर सिंहलाई फिल्म अफर गरेका थिए । तर, उनले डार्क फिल्म भन्दै काम गर्न मानेनन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १३, बुधवार

‘नाङ्गो गाउँ’को सफलतापछि निर्देशक दीपेन्द्र लामाले अभिनेता दयाहाङ राईलाई लिएर फिल्म ‘दुःखी आत्मा’ बनाउने भएका छन् । उनीहरुबीच तेस्रो पटक सहकार्य हुन लागेको हो । यसअघि फिल्म ‘घामपानी’मा पनि उनीहरुको टिमअप भएको थियो । क्लक वर्क क्रियशनको ब्यानरमा हिमाल कडरिया निर्माता रहने फिल्मको यस वर्षको अन्त्यतिरबाट छायांकन सुरु गरिने जनाइएको छ ।

Results : 2053 - 2058 of 22584