
सुपरस्टार दयाहाङ राईले पछिल्लो समय आदिवासी जनजातिको कथामा बनेका फिल्म लगातार गरिरहेका छन् । त्यसमध्येको एक हो, ‘घरज्वाइँ’ । यही शुक्रबार (असार २८ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्ममा उनी मगर चरित्रमा छिन् । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले दर्शकलाई फरक कथा अनुभूति गराउने उनको विश्वास छ ।

गत बैशाख र जेठ महिनामा फिल्म रिलिजको उल्लेख्य चाप देखियो । वर्षातको महिना भएकाले असारमा भने केही कमी आएको छ । फेरि साउनमा रिलिजको बाढी छ । भदौ त्यसै पनि रिलिजका लागि उत्तम भइहाल्यो । यसैले लगभग हप्तैपिच्छे फिल्म रिलिज हुँदैछन् । सबैभन्दा ठूलो चाप भने असोजमा देखिँदैछ । कुनै फिल्म दायाँबायाँ नभए यो महिनामा मात्र रिलिजको संख्या ७ पुग्नेछ ।

एनलगको जमानामा अभिनेत्री रेजिना उप्रेतीले करिब एक सय हाराहारी फिल्ममा काम गरिन् । त्यसमध्ये केही फिल्म व्यावसायिक रुपमा सफल पनि भए । तर, २०७० सालमा विवाह गरेर एक सन्तान भएपछि उनको अभिनय यात्रामा विश्राम लाग्यो । र, फिल्म क्षेत्रको माहोल पनि बदलियो । यसपछि चलचित्र कलाकार संघको राजनीतितिर लागेकी रेजिना उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष बनिन् ।

आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ‘मञ्जुरी’ बोलको रोमान्टिक गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठ फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति आकर्षण, प्रेम र आशक्ति बोल्छ । दुवैको ‘केमेस्ट्री’ सुहाएको छ ।

कुनै बेला नेपाली फिल्ममा बलियो उपस्थिति जनाएका कयैन् कलाकार पाखापाखा लागिसकेका छन् । कोही विदेश पलायन भए त कोही घरव्यवहारले अभिनयमा सक्रिय हुन सकेनन् । यसैले अहिले नेपाली फिल्ममा लगभग नयाँ पुस्ताकै हालिमुहाली देखिएको छ । तथापि, पुराना कलाकारलाई फिल्ममा हेर्ने इच्छा दर्शकले अक्सर व्यक्त गरिरहेका हुन्छन् । तर, त्यो इच्छा कमै पूरा भएको छ ।

अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलोपटक एकसाथ काम गरेको फिल्म हो, ‘खुस्मा’ । आगामी असोज ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्मले उनीहरुबीच अंकुराएको प्रेम र वियोगको कथा भन्नेछ । द्वन्द्वकालीन समयको परिवेशमा तयार भएको फिल्ममा उनीहरु गाउँले चरित्रमा छन् । पूर्वी रुकुम क्षेत्रमा यो फिल्म खिचिएको हो ।

