मिति : २०८२ वैशाख २५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2059 - 2064 of 22584
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १३, बुधवार

राष्ट्रिय अवार्ड विजेता दिनेश राउत अहिले फिल्म ‘पुजार सार्की’को तयारीमा छन् । आगामी माघबाट पश्चिम नेपालमा छायांकन गर्न लागिएको फिल्मको मुख्य भूमिकामा अभिनेताद्वय आर्यन सिग्देल र प्रदीप खड्काका नाम चर्चामा छ । तर, दुवै निश्चित भैसकेका छैनन् । वास्तविक कथा तथा पात्रबाट प्रभावित भएर बन्न लागेको फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्रीको खोजी गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १३, बुधवार

गत वर्षको मंसिर १२ गते एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेत पिता बन्ने भएका छन् । मंगलबार पहिलो विवाह वर्षगाँठको अवसरमा केक काट्ने क्रममा ‘सलोमा’ जोडीले आमा-बुबा बन्न लागेको जानकारी गराएका हुन् । करिश्माले ‘कमिङ मे २०२४’ लेखिएको केकको भिडियो टिकटकमा साझेदार गर्दै आमा-बुबा बन्न लागेको खुसी साटेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १२, मंगलवार

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘चित्रा’को कथासार बुझाउने उद्देश्यसहित ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक तीनवटा पोस्टरमा सम्बन्ध र द्वन्द्वको मिश्रण छ । एउटा पोस्टरमा बाबुछोरीको सम्बन्ध दर्शाइएको छ भने दोस्रो पोस्टरमा तीन पुरुष पात्र ‘इन्टेन्स लुक’मा प्रस्तुत छन् । तेस्रो पोस्टरले तीन महिला पात्रको मनोदशा र परिस्थिति बोलेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १२, मंगलवार

फिल्म ‘प्रेमगीत ३’ हिन्दीमा स्वरांकन भएर भारतमा समेत प्रदर्शन भएपछि अभिनेता प्रदीप खड्का लागि बलिउड प्रवेशको ढोका खुलेको थियो । अब उनले हिन्दी भाषामा बन्न लागेको फिल्म ‘ऐरी’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । मंगलबार मोसन पोस्टर र टिजरमार्फत् यो फिल्मको घोषणा गरिएको हो । टिजरमा प्रदीपलाई ऐरी अर्थात् सिकारी अवतारमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १२, मंगलवार

यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुई कदम’को डान्सिङ शैलीको गीत सार्वजनिक गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता इओन लिम्बु र अभिनेत्री वर्षा सिवाकोटीले छरितो नृत्य प्रस्तुत गरेका छन् । क्लबमा खिचिएको गीतको अडियो तथा भिडियो आकर्षक छ । यो गीतले फिल्मको हाइप निर्माण गर्न ठूलो सहयोग गर्ने देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १२, मंगलवार
Results : 2059 - 2064 of 22584