
नेपालकै नम्बर वान ओटीटी प्लेटफर्म सिनेमाघर एपप्रति दर्शकको आकर्षण बढ्न थालेसँगै हरेक महिना नेपाली फिल्म रिलिज हुन थालेका छन् । भदौमा ‘महापुरुष’ र असोजमा ‘जारी’ रिलिज गरिएपछि शुक्रबारबाट फिल्म ‘पानीफोटो’ रिलिज भएको छ । २ सय रुपैयाँ शुल्क तोकिएको फिल्म सिनेमाघर एपमा विश्वभरबाट हेर्न सकिन्छ । यो फिल्मले हल रिलिजमा राम्रो समीक्षा पाएको थियो ।

कुनै बेला नेपाली फिल्ममा अभिनेता राजेश हमालको जुन खालको व्यस्तता थियो, त्यो यतिबेला दयाहाङ राईमा सरेको छ । यसैले त उनलाई ‘दोस्रो राजेश हमाल’ भन्न थालिएको छ । एउटै सेड्युलमा ३/४ वटा फिल्म छायांकन हुने हो भने पनि अहिले उनलाई भ्याइनभ्याइ हुनेछ । अबको एक वर्षका लागि उनको सेड्युल ‘प्याक’ छ । तर, पनि हप्तैपिच्छे नयाँ फिल्म साइन गरिरहेका छन् ।

सत्यराज आचार्यको परिचय गायकको रुपमा मात्र सीमित छैन । उनी गीतकार हुन्, संगीतकार हुन् र फिल्मको हिरो पनि । उनले मुख्य भूमिकामा ‘आचार्य’, ‘साढे ७’ र ‘हैरान’ गरी तीनटा फिल्ममा अभिनय गरिसकेका छन् । ‘साढे ७’को त उनी निर्माता पनि हुन् । तर, गायनमा जति सफलता उनलाई अभिनय र निर्माणमा मिल्न सकेको छैन । अब उनी फिल्मको निर्देशक बन्ने तयारीमा छन् ।

यस वर्षको बैशाख १ गतेदेखि प्रदर्शित फिल्म ‘जारी’पछि हलमा ५१औं दिने यात्रा तय गर्ने फिल्मको सूचीमा अब ‘परदेशी २’ पनि अटाउने भएको छ । फिल्मले यही शनिबार आधा दर्जन बढी हलमा ५१औं दिने दुर्लभ रेकर्ड बनाउन लागेको हो । काठमाडौंमा अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शनरत यो फिल्म बिहीबारसम्म आइएनआई सिनेमाजको नयाँ बानेश्वरमा पनि टिकेको थियो ।

नेपाली फिल्ममा बेला बखतमा केही जोडी दर्शकको ‘प्रिय’ बन्ने गरेका छन् । कुनै बेला राजेश हमाल र करिश्मा मानन्धरको जोडी सर्वाधिक हिट मानिन्थ्यो । अघिल्लो वर्ष फिल्म ‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगरको जोडी अहिले ‘हाई डिमाण्ड’मा छ । पर्दामा रुचाइएको जोडी लिँदा फिल्म चलाउन धेरै सहज हुन्छ भन्ने विश्वासले मेकरहरुले पनि एउटै जोडी दोहोर्याउने गरेका छन् ।

नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिदमा यतिबेला कुनै कम्पनीको हालिमुहाली छ भने त्यो सेभेन सिज इन्टरटेनमेन्ट हो । ठूला स्टार र प्रतिष्ठित ब्यानरका फिल्महरु आफ्नो पोल्टामा पार्दै आएको यो कम्पनीले अब ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मम्को नयाँ फिल्म ‘दयारानी’को पनि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएको हो ।