
आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’को दोस्रो गीत ‘पूरा भयो सपना’ सार्वजनिक गरिएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत तथा भीष्मराज फूलाराको शब्द छ । गीतमा फिल्मका मुख्य अभिनेता ध्रुव थापा र अभिनेत्री कृष्टि गुरुङ प्रस्तुत छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम र समर्पणको भाव व्यक्त गर्छ ।

एक वर्षअघि सार्वजनिक भएको लोकगायक प्रकाश सपूतको ‘सकम्बरी’ गीतले मोडल कुशुम शर्मालाई चर्चाको शिखरमा पुर्यायो । अहिले उनको उपनाम नै ‘सकम्बरी’ बनेको छ । यो बीचमा दर्जनौं म्यूजिक भिडियोमा काम गरेकी उनी अब फिल्मतिर ढल्किएकी छन् । उनले गत बैशाखमा ‘वर एन्ड वधु’बाट फिल्ममा डेब्यु गरिसकेकी छन् । तर, यसमा उनी सहायक अभिनेत्रीको रुपमा छिन् ।

२०७१ सालमा आएको फिल्म थियो, ‘जेरी’ । यो अभिनेता अनमोल केसीको करिअरको दोस्रो फिल्म हो । यसले तत्कालीन समयमा राम्रो सफलता पाएको थियो । अब यही नामको पछाडि ‘अन टप’ थपेर निर्माता सरोज न्यौपानेले फिल्म निर्माण गर्न लागेका छन् । दुई साताअघि अभिनेत्री हेरफेरको विषयले विवादमा तानिएको यो फिल्मको यतिबेला नामलाई लिएर अर्को विवाद सुरु भएको छ ।

आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’को गत सोमबार पहिलो रोमान्टिक गीत ‘मन्जुरी’ सार्वजनिक गरिएको थियो । युट्युबमा गीतलाई उल्लेख्य भ्यूज प्राप्त नभए पनि प्रतिक्रिया राम्रो मिलेको छ । विशेषगरी गीतको अडियो पक्षको प्रशंसा भैरहेको छ । गीतमा फिचर्ड अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठको केमेस्ट्रीलाई पनि रुचाइएको छ ।

अघिल्लो साता आएको दक्षिण भारतीय फिल्म ‘कल्की’को हिन्दी डबले नेपालमा पहिलो हप्ता आक्रामक व्यापार गर्यो । फिल्मप्रति दर्शकको क्रेज अझै उस्तै छ । दोस्रो साता पनि व्यापार राम्रो हुने देखिन्छ । हलहरुमा ‘कल्की’ले एकछत्र दबदबा कायम गरिरहँदा शुक्रबारबाट सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘घरज्वाइँ’ले प्रदर्शन सुरु गरेको छ ।

संसारकै प्रतिष्ठित फिल्म फेस्टिभल ‘लोकार्नो’को ७७औं संस्करणमा नेपाली फिल्म ‘शाम्बाला’ छानिएको छ । पियाजा ग्राण्डे विधामा फिल्म छनोट भएको फेस्टिभलको वेबसाइटमा उल्लेख छ । आगामी साउन २३ देखि भदौ १ गतेसम्म चल्ने फेस्टिभलमा फिल्मका निर्देशक मीनबहादुर भामसहितको टिम सहभागी हुनेछन् । ‘लोकार्नो’मा फिल्म छानिनुलाई निर्माण टिमले अविश्वसनीय भनेको छ ।

