मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2035 - 2040 of 22582
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १८, सोमवार

कुनै बेला म्यूजिक भिडियोमा राम्रो जमेका मोडल हुन्, आयुब केसी । उनले फिल्मसम्मको यात्रा पनि तय गरे । ‘ठेगाना’, ‘म तिम्रो भैसकेँ’, ‘पँलास’, ‘चाँडै आउ है’ लगायत एक दर्जन बढी फिल्ममा उनले अभिनय गरिसकेका छन् । तर, विगत केही वर्षयता उनी न फिल्म न म्यूजिक भिडियोमा देखिएका छन् । यसबीच, उनले आफूलाई मेकरले भिलेनमा समेत नपत्याएको गुनासो गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १७, आईतवार

सिमोस सुनुवार निर्देशित रोमान्टिक-कमेडी ड्रामा ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २९ सेकेण्ड लम्बाईको टिजरमा कमेडी हाबी छ । रोजगारीका लागि गाउँबाट काठमाडौं आएपछि दयाहाङ राईको पात्रले गर्नुपरेको संघर्ष र उपासना सिंह ठकुरीसँगको प्रेम देखाइएको छ भने सौगात मल्ल बोत्तल राजाको अवतारमा चित्रित छन् । उनको लुक्स र गेटअप पृथक छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १७, आईतवार

नेपाली कलाकारलाई लिएर नेपाली र तेलुगू भाषामा निर्माण भएको फिल्म ‘हिटम्यान’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको पोस्टर रोमान्टिक थिममा तयार छ भने टिजरले एक्सन बोल्छ । पोस्टरमा अभिनेत्री आँचल शर्मा र अभिनेता बिष्णु अधिकारी रोमान्टिक अवतारमा चित्रित छन् । टिजरमा भने आँचल गायब छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १७, आईतवार

दुई चकलेटी अभिनेता आर्यन सिग्देल र प्रदीप खड्का पहिलोपटक एकसाथ फिल्ममा देखिने निश्चित भएका छन् । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘पूजार सार्की’मा दुवैलाई मुख्य भूमिकामा प्रस्तुत गर्न लागेका हुन् । आइतबार उनले दुवैसँगको तस्बीर फेसबुकमा साझेदार गर्दै सहकार्यको जानकारी गराएका हुन् । आर्यन र प्रदीपको प्रवेशले फिल्मको स्टारकास्ट बलियो बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १७, आईतवार

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर बनेको फिल्म ‘अन्जिला’को छायांकन सकिएको छ । छायांकन थालिएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिलाकै अन्तिम सिन खिचिएको थियो । एन्जिलाकै जन्मथलो इलामको आइतबारेबाट छायांकन सुरु गरिएको थियो । यसपछि इलाम, झापा र काठमाडौँमा खिचिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १७, आईतवार

ब्लकबस्टर फिल्म ‘कबड्डी’को जोडी दयाहाङ राई र रिश्मा गुरुङ एकपटक फेरि एकसाथ देखिने भएका छन् । गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा बन्ने फिल्म ‘रिमै’मा उनीहरुको जोडी बाँधिन लागेको हो । फिल्ममा दुवै अनुबन्ध भैसकेका छन् । गुरुङ भाषाका चर्चित निर्देशक खिल बहादुर गुरुङ्गको निर्देशनमा बन्न लागेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा लेखन छ ।

Results : 2035 - 2040 of 22582