Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2041 - 2046 of 23507
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३०, आईतवार

अक्सर नेपाली फिल्मको छायांकन एक महिना अर्थात् ३० दिनभित्रमा सकिन्छ । कति फिल्मलाई यो समय पनि लाग्दैन । तर, ‘पूर्ण बहादुरको सारङ्गी’ फिल्मको पहिलो चरणको छायांकनमा मात्र ३६ दिन लागेको छ । यसै साता ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा फिल्मको पहिलो चरणको छायांकन पूरा गरिएको हो । अब अन्तिम चरणको छायांकन एक सातापछि काठमाडौंमा सुरु गरिँदैछ ।

फिल्मीखबर, एजेन्सी, २०८१ आषाढ ३०, आईतवार

कुनै बेला बक्स अफिसका ‘हिट मेशिन’ मानिएका बलिउड सुपरस्टार अक्षर कुमार यतिबेला संकटमा छन् । सन् २०२३ मा आएको फिल्म ‘ओमाईगड २’लाई छाड्ने हो भने ३ वर्षमा उनका ७ वटा फिल्म ‘फ्लप’ भए । उनले ठूलो अपेक्षा राखेको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ समेत डिजास्टर हुँदा उनको स्टारडममै प्रश्न उठेको छ । कतिपयले अब उनको युग सकिएको टिप्पणी गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३०, आईतवार

एकातिर ठूला विदेशी फिल्मसँग प्रतिस्पर्धा र अर्कोतिर केही दिनदेखि परेको अविरल वर्षाले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’को व्यापार प्रभावित हुनसक्ने आँकलन गरिएको थियो । तर, जब फिल्म रिलिज भयो, तब हलको माहोल फरक देखियो । शुक्रबार सन्तोषजनक व्यापार गरेको फिल्मले शनिबार काठमाडौं र मोफसलका धेरै हलहरुमा हाउसफुल दर्शक पाएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ ३०, आईतवार

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको निर्माण एवं अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपालीसहित भारतीय कलाकारहरुको पल्टन नै छ । नेपालबाट नीता र हरिहरका साथै विपना थापा, सञ्चिता लुईंटेल, प्रशान्त ताम्राकार, गरिमा शर्मा जस्ता कलाकार छन् भने भारतबाट ब्रम्हानन्दम, सुनील वर्मा, प्रदीप रावत, अली र कबीर दुहन सिंहले अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २९, शनिवार

शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन परेको थियो । उक्त शुभदिनमा उनलाई नयाँ फिल्म ‘के घर के डेरा: घर नम्बर २’ उपहार मिलेको छ । जन्मदिनको अवसरमा उनलाई निर्माण टिमले फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो । दीपेन्द्र के. खनालले फिल्मलाई निर्देशन गर्नेछन् । खगेन्द्र र दीपेन्द्रबीच यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘मेयर’मा सहकार्य भैसकेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २८, शुक्रवार

शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’को अगाडि ठूलो चुनौती थियो । एकातिर ठूला विदेशी फिल्महरुसँग प्रतिस्पर्धा र अर्कोतिर निरन्तरको वर्षातले व्यापार कस्तो हुने हो भन्ने अन्योलता छाएको थियो । यसका बावजूद फिल्मले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिन फिल्मले देशभर राम्रो दर्शक पाएको छ ।

Results : 2041 - 2046 of 23507