मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2041 - 2046 of 22582
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १७, आईतवार

अभिनेता पल शाहले एक वर्ष जेल जीवनपछि अभिनयमा कमब्याक गरेको फिल्म ‘मायावी’को छायांकन पूरा भएको छ । मुस्ताङ र पोखराका विभिन्न रमणीय स्थानमा ६० दिन छायांकन भएपछि फिल्म प्याकअप भएको हो । सो अवसरमा निर्माण पक्षले केक काटेर खुशी साटेको थियो । चाँडै फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १७, आईतवार

फिल्म ‘बुलबुल’बाट निर्देशनमा धाप पाएका विनोद पौडेलले आफ्नो निर्देशनमा बन्ने दोस्रो फिल्मको घोषणा गरेका छन् । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको फिल्मको आइतबार दुईवटा क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको छ । फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भएका अभिनेता हरिवंश आचार्य खुसी र दु:खी भावमा पोस्टरमा चित्रित छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १६, शनिवार

नेपाली फिल्ममा गर्विलो पहिचान बनाएकी अभिनेत्री रेखा थापा आगामी फागुनमा आमा बन्दैछिन् । चार महिनाको गर्भ हुर्किरहेको समयमा उनले आफ्नो निर्माण समेत रहेको फिल्म ‘उपहार’मा नृत्यदेखि एक्सनसम्म गरेकी थिइन्, जुन फिल्म महाशिवरात्रीको दिन पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म रिलिजकै महिनामा आमा पनि बन्न लागेकाले रेखा उत्साहित छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १६, शनिवार

निर्देशक घनश्याम लामिछानेको कथावाचन शैली पृथक मानिन्छ । विशेषगरि सामाजिक कथा भन्न रुचाउने उनले परम्परागत कथ्य संरचनालाई अपनाएका छैनन् । आफ्ना दुई फिल्म ‘धौली’ र ‘पञ्चेबाजा’मा उनले कथावाचनमा फरक प्रयास गरेका थिए । अब उनी निर्देशित नयाँ फिल्म ‘चित्रा’ आगामी पुष २७ गते प्रदर्शनमा आउँदैछ । यसमा पनि फरक शैलीमा कथा भनेको उनको दाबी छ ।

एजेन्सी, मुम्बई, २०८० मंसिर १५, शुक्रवार

‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त निल निर्देशित फिल्म ‘सलार’को ट्रेलर सार्वजनिक गरिएको छ । पाँच भाषामा एकसाथ युट्युबमा सार्वजनिक गरिएको ट्रेलरको लम्बाई ३ मिनेट ४७ सेकेण्ड छ । ‘केजीएफ’कै ‘कलर टोन’मा तयार भएको ट्रेलरमा अभिनेता प्रभास एक्सन अवतारमा प्रस्तुत छन् । तर, दर्शकहरुले जुन प्रकारको एक्सन अपेक्षा गरेका थिए, त्यसमा भने ट्रेलर चुकेको भान हुन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १५, शुक्रवार

यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको आशुतोषध्वज कार्कीद्वारा निर्देशित फिल्म ‘जम्प’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘फेरि फर्किन्छ’ बोलको गीतमा विशाखा चन्द र भाष्कर स्वरको स्वर रहेको छ भने गायक स्वर स्वयंको शब्द रचना तथा संगीत छ । गीतमा फिल्मका प्रमुख पात्रको मनोदशालाई उतारिएको छ । गीतले नै फिल्म फरक शैलीमा बनेको संकेत गर्छ ।

Results : 2041 - 2046 of 22582