Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2065 - 2070 of 23507
फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २३, आईतवार

गायन कलाले बाल्यकालमै कमला घिमिरेलाई ठूलो ख्याती दिलायो । पछि अध्ययनले गर्दा केही वर्ष गायनबाट टाढा देखिएकी उनी अहिले हर्लक्क बढेकी छन् । र, फेरि गायनमा सक्रिय देखिएकी छन् । यतिबेला लाइभ दोहोरीका कारण चर्चामा रहेकी उनी अब फिल्ममा पनि देखिने भएकी छन् । उनले फिल्म ‘माइली’बाट डेब्यु गर्न लागेकी हुन् । यसै साताले उनले फिल्म साइन गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २३, आईतवार

यतिबेला पुराना कलाकारहरुको कमब्याकको लहर चलेको छ । त्यसमा विशेषगरी अमेरिका बस्ने कलाकार ज्यादा छन् । अभिनेत्री पूजा चन्दले १९ वर्षपछि ‘भूठान’बाट कमब्याक गरिन् । अभिनेत्री ऋचा घिमिरेले ‘तेल भिसा’बाट र अभिनेता राजबल्लभ कोइरालाले ‘एक्टर’बाट झन्डै एक दशकपछि पुनरागमन गरेका छन् । अब अर्की अभिनेत्री अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २३, आईतवार

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’मा अभिनेत्री वर्षा राउतले दुई सन्तानको आमाको भूमिका निभाएकी थिइन् । तर, वास्तविक जीवनमा भने उनले मातृत्व अनुभव गरेकी छैनन् । अभिनेता संजोग कोइरालासँग ६ वर्ष लामो प्रेम सम्बन्धपश्चात् २०७५ सालमा विवाह गरेकी उनलाई रिसेप्सन पार्टीको दिनबाटै सन्तानबारे प्रश्न आउन सुरु भएको थियो । र, त्यो अहिलेसम्म कायम छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २२, शनिवार

यही असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत् सार्वजनिक ‘यानीमाया’ गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर चित्रित यो गीतमा घरज्वाइँ बस्ने पात्रको मनोभाव र उसले गरेको संघर्षलाई दर्शाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २२, शनिवार

कुनै सफल नेपाली फिल्ममा निर्विकल्पझैँ थिइन्, अभिनेत्री करिश्मा मानन्धर । उनको नामले नै फिल्म चल्ने युग थियो । तर, उमेर ढल्किएसँगै फिल्मबाट आउने प्रस्ताव फेरियो । विशेषगरी आमाको भूमिकामा प्रस्ताव आउन थालेपछि उनले लामो समय फिल्म नै गरिनन् । गत वर्ष आएको फिल्म ‘बगान’बाट उनले पाँच वर्षपछि कमब्याक गरेकी थिइन् । यसमा उनको आमाकै भूमिका थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ आषाढ २१, शुक्रवार

पछिल्लो समय फिल्मप्रति दर्शकलाई आकर्षित गर्न मेकरहरुले अनेक जुक्ति अपनाउने गरेका छन् । कसैले फिल्मको थिमअनुसार विभिन्न प्रतियोगिता गरिरहेका छन् भने कसैले प्रचारका लागि फरक शैलीमा ‘कन्टेन्ट’ तयार पारिरहेका छन् । यही दशैंमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले भने प्रचारका खातिर र्‍‍याप गीत बनाएका छन्, जुन शुक्रबार रिलिज गरिएको छ ।

Results : 2065 - 2070 of 23507