
यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिमोस सुनुवारद्वारा निर्देशित फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेटको ट्रेलरले सामाजिक कथा उठाउँदै प्रेम र कमेडीको स्वाद पस्किएको छ । दयाहाङ राई र उपासना सिंह ठकुरीबीचको नोकझोंकपूर्ण प्रेम र सौगात मल्लको ‘बोत्तल राजा’ अवतार ट्रेलरको आकर्षक पक्ष हो । सौगातको संवाद बोल्ने शैली रोचक छ ।

अभिनेत्री शिल्पा मास्केको करिअर सुखद् बन्न सकेको छैन । निरन्तर फिल्ममा काम गर्दै आएको भए पनि व्यावसायिक सफलता उनीबाट टाढै छ । फिल्म ‘कागजपत्र’बाट उनको डेब्यू भयो । रिलिजको हिसाबले भने पहिलो फिल्म ‘द ब्रेकअप’ हो । तर, यी दुवै असफल भए । तेस्रो फिल्म ‘सानो मन’ले पनि उनलाई निराश नै तुल्यायो । यद्यपि, उनले अभिनयमा सम्भावना देखाएकी थिइन् ।

बलिउडका दुई एक्सन स्टार अक्षय कुमार र टाइगर श्राफ अभिनीत फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक गरिएको छ । ‘एक्सन प्याक्ड’ टिजरमा आर्मी र आतंककारी समुहबीचको द्वन्द्वलाई देखाइएको छ । आर्मी अफिसरको भूमिकामा रहेका अक्षय र टाइगर खतरनाक ‘स्टन्ट’ गर्दै प्रस्तुत छन् । भिलेनको भूमिकामा रहेका पृथ्वीराज सुकुमारन भने मुखौटा लगाएर देखिएका छन् ।

रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजनमा महिला निर्णायक फेरबदल भएका छन् । पहिलो सिजनको निर्णायकमा रहेकी अभिनेत्री सुरक्षा पन्तलाई अर्की अभिनेत्री केकी अधिकारीले ‘रिप्लेस’ गरेकी छन् । शोको निर्णायकमा केकी अनुबन्ध भइसकेको निर्देशक अमनप्रताप अधिकारीले जानकारी गराए । अन्य निर्णायकमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल यथावत् छन् ।

यही माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हात्तीछाप’लाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित छिन् । एकातिर ‘दुई नम्बरी’ जस्तो सफल फिल्मको टिम र अर्कोतिर गाउँले चरित्र रहेकाले उनी प्रचारमा पनि सक्रिय देखिएकी छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले फिल्म मनोरञ्जनात्मक रहेको र दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरिन् ।

‘ह्यान्डसम भिलेन’को रुपमा चिनिएका प्रशान्त ताम्राकार अब निर्माता बन्ने भएका छन् । उनले क्राइम थ्रीलर जनरामा फिल्म निर्माण गर्न लागेका हुन् । रोनी मानन्धरको निर्देशनमा बन्न लागेको फिल्ममा प्रशान्त स्वयंले मुख्य भूमिका निर्वाह गर्नेछन् । एक घटनामा अनुसन्धान गरिरहेको प्रहरीको भूमिकामा आफूले काम गर्न लागेको उनले बताए । अर्थात् प्रशान्तको सकारात्मक भूमिका रहनेछ ।