Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1819 - 1824 of 23994
फिल्मीखबर, काठमाडौं, 2025-01-28, मंगलवार

भोलि बुधबार (माघ १६ गते, शहीद दिवस)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’को सोमबार साँझ भक्तपुरस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियर दुईवटा कारणले विशेष बन्न पुग्यो । पहिलो, १० वर्षपछि फिल्ममा पुनरागमन गरेका अभिनेता राजबल्लभ कोइरालाको उपस्थिति । दोस्रो, फिल्म हेरेपछि उपस्थित फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रियाको ओइरो ।

फिल्मीखबर, काठमाडौं, 2025-01-28, मंगलवार

चार वर्षअघि निर्माण भएको साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ अब सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी फेरी टेल पिक्चर्सले मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख २६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । फिल्मलाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-28, मंगलवार

जेल जीवनपछि अभिनेता पल शाहको फिल्मदेखि मेला-महोत्सवमा व्यस्तता निकै बढेको छ । गत जेठमा ‘पूजार सार्की’ र भदौमा ‘रावायण’ रिलिज भएपछि उनले दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरे । पुष र माघमा भने महोत्सवतिर धेरै देखिए । अब ९ महिनापछि उनी फिल्मको छायांकनमा फर्किएका छन् । सोमबारबाट उनले आफ्नो नयाँ फिल्म ‘मोहर’को छायांकन थालेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

नेपाली फिल्म क्षेत्रमा फिल्म रिलिजभन्दा अगावै सिक्वेल घोषणा गर्ने एक किसिमको ‘ट्रेन्ड’ नै छ । तर, सिक्वेल घोषणा भएका फिल्म बनेका उदाहरण भने कमै भेटिन्छ । हुन त फिल्म सफल भए न बन्ने हो । प्रायः निर्माताले चर्चाका लागि पोस्ट-क्रेडिटमार्फत् सिक्वेल घोषणा गरेको पाइन्छ । जब फिल्म असफल हुन्छ, तब न सिक्वेल निर्माण हुन्छ न ती निर्माताले अरु फिल्म बनाउने हिम्मत गर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार
फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

‘एक्टर’ नाममा दुईवटा फिल्म निर्माण भएपछि उत्पन्न विवाद अदालतसम्म पुगेको छ । गत माघ ४ गते प्रदर्शित फिल्म ‘एक्टर’का निर्माताले आइतबार जिल्ला अदालत काठमाडौंमा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर : टेक वन’को रिलिज रोक्का गरेर क्षतिपूर्ति दिन माग गर्दै रिट दायर गरेका छन् । माघ १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।

Results : 1819 - 1824 of 23994