Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1837 - 1842 of 23511
फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २२, शनिवार

फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूत अब फिल्म ‘वसन्त’बाट निर्देशकको परिचय थप्दैछन् । गत बैशाखमा उनले एक टिजर भिडियोमार्फत् फिल्मको घोषणा गरेका थिए । शनिबारदेखि उनले आफ्नो गृहजिल्ला बागलुङबाट छायांकन सुरु गरेका छन् । छायांकनभन्दा अगाडि त्यहाँको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २२, शनिवार

संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’ यतिबेला ‘रुकुम मैकोट’ गीतका कारण चर्चामा छ । १२ दिनमा युट्युबमा लगभग ३० लाखले गीत हेरिसकेका छन् भने यसमा सयौंको संख्यामा टिकटक र रिल्सहरु बनेका छन् । सेलिब्रेटीहरुले समेत यो गीतमा भिडियो बनाइरहेका छन् । जसले गर्दा फिल्मको लोभलाग्दो रुपमा हाइप बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २१, शुक्रवार

बोक्सी कुप्रथाविरुद्धको कथामा आधारित भएर बनेको फिल्म ‘अग्निदहन’को भारतको बिहार राज्यस्थित सीतामढीमा विशेष प्रदर्शन गरिएको छ । सीतामढीस्थित सशस्त्र सीमा बल (कमाण्डेन्ट अफ एसएसबी)को २०औं बटालियनको सभा हलमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेयको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । त्यहाँ फिल्मलाई भोजपुरी भाषामा देखाइएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २१, शुक्रवार

आज शुक्रबार हिन्दू महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । धार्मिक रूपमा तीजको जति महत्त्व छ, यो पर्वमा गहना र पहिरनको पनि आफ्नै महत्त्व छ । तीजमा महिलाले लगाउने रातो साडी सुख, समृद्धि तथा साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई शक्ति प्रदान गर्छ भन्ने धार्मिक विश्वास छ । यसैले तीजमा महिलाहरूले रातो साडीमा आफूलाई सजाउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २१, शुक्रवार

सेट डिजाइनको कामले गर्दा छायांकनमा ढिलाई भएको फिल्म ‘बलिदान’को ‘प्रविधि पूजा’ (शुभ-मुहूर्त) गरिएको छ । तीजको दिन पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा मन्दिरमा शुक्रबार मुहूर्त गरिएको हो । छायांकन भने शनिबार (भदौ २२ गते)बाट सुरु हुने निर्देशक सन्तोष सेनले जानकारी दिए । इटहरीमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको पहिलो दृश्य खिचिनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २१, शुक्रवार

दशैंको छेको पारेर आगामी असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आँखा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘खुसी’ बोलको गीतमा फिल्मकी शीर्ष अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताको खुसी र पीडालाई देखाइएको छ, जो सुकुम्बासी बस्तीमा बस्छन् । पवन गिरी र मीना सिंहको स्वर, प्रकाश मल्ल र राम अविरल बिष्टको शब्द रहेको गीत मर्मस्पर्शी छ ।

Results : 1837 - 1842 of 23511