Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1813 - 1818 of 23994
फिल्मीखबर, काठमाडौं, 2025-01-29, बुधवार

नेपाली कलाकारहरुमा सबैभन्दा धेरै हरर जनराको फिल्ममा काम गर्ने यदि कोही छ भने ती प्रियंका कार्की हुन् । ‘आवरण’, ‘माला’ र ‘चि मुसी चि’ गरी उनका तीनवटा हरर फिल्म प्रदर्शन भइसकेका छन् । एउटा हरर सर्ट फिल्ममा पनि उनले काम गरेकी छन् । तर, उनका कुनै हरर फिल्मले दर्शक तर्साउन भने सकेनन् । अब उनको नयाँ हरर फिल्म ‘ममी’ यही माघ २५ गते प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-29, बुधवार

आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो चरणको पोस्टर बुधबार सहिद दिवसको दिन पारेर सार्वजनिक गरिएको छ । जारी दुईवटा पोस्टरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण जानकारी गराउँछ । धेरै नेपालीको स्वप्न मुलुक अमेरिकाप्रतिको आशक्ति र आकर्षणलाई मियो बनाएर फिल्मले कथावाचन गरेको पोस्टरले प्रष्ट पार्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-29, बुधवार

मंगलबार काठमाडौं जिल्ला अदालतले गत माघ ४ गते प्रदर्शन भएको फिल्म ‘एक्टर’सँग नाम मिलेको विषयमा बुधबार (आज)बाट प्रदर्शन हुने भनिएको ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गर्‍यो । योसँगै फिल्मको प्रदर्शन रोकिएको छ । अर्को आदेश नआउँदासम्म अब फिल्म रिलिज हुन पाउने छैन । जसले गर्दा फिल्मका निर्मातालाई ठूलो आर्थिक क्षति भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-28, मंगलवार

अंग्रेजी कवि तथा नाटककार विलियम शेक्सपियरले कहीँ भनेका थिए, ‘नाममा के नै छ र ?’ तर, नेपाली फिल्म क्षेत्रमा भने नाममै सबथोक छ । नामकै लागि लडाइँ हुने गरेको छ । तात्तातो उदाहरण ‘एक्टर’ र ‘एक्टर : टेक वान’ हुन् । गत माघ ४ गते प्रदर्शित ‘एक्टर’का निर्माताले नाम चोरेर फिल्म बनाएको भन्दै ‘एक्टर : टेक वान’विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा नै दायर गरे ।

फिल्मीखबर, काठमाडौं, 2025-01-28, मंगलवार

काठमाडौं जिल्ला अदालतले भोलि बुधबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतको आदेशसँगै अब फिल्म भोलिबाट प्रदर्शनमा आउने छैन ।

फिल्मीखबर, काठमाडौं, 2025-01-28, मंगलवार

प्रणय दिवसको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’को टिजर र ‘ब्रेकअप कविता’ले चर्चा पाइरहँदा पहिलो गीतको रुपमा मंगलबार ‘जुनीजुनी भरिलाई’ सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा केतन क्षेत्री र मुना ठटालको पार्श्व गायन छ भने इश्वर कार्कीको शब्द रचना तथा संगीत छ । उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।

Results : 1813 - 1818 of 23994