
‘कालो पोथी’ निर्देशक मीन भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ विश्वकै प्रतिष्ठित मानिने बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको अन्तर्राष्ट्रिय विधामा फिल्म छनोट भएको डेडलाइनले उल्लेख गरेको छ । बर्लिनको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । डेडलाइनका अनुसार, अन्तर्राष्ट्रिय विधामा २० वटा फिल्म छानिएका छन् ।

अभिनेत्री मलिका महतलाई चाँदनीको रुपमा चिनाउँदै फिल्म ‘अगस्त्य : च्याप्टर वान’को चौंथो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक दुईवटा क्यारेक्टर पोस्टरमा मलिका साधारण र हँसमुख युवतीको रुपमा चित्रित छिन् । एक पोस्टरमा उनी अभिनेता सौगात मल्लसँग रोमान्टिक भावमा देखिएकी छन् । यसले फिल्ममा उनीहरुको जोडी बाँधिएको स्पष्ट संकेत गर्छ ।


गत मंसिरदेखि नेपालका हलमा विदेशी फिल्मको दबदबा देखिएको छ । मंसिरमा ‘एनिमल’, पुषमा ‘आक्वाम्यान २’, ‘डंकी’, ‘सलार’, ‘मेरी क्रिसमस’, ‘क्याप्टेन मिलर’ जस्ता फिल्म रिलिज भए । यही शुक्रबारबाट साउथ फिल्म ‘हनुमान’ प्रदर्शन भैरहेको छ । विदेशी फिल्मको चुनौतीका बावजूद मंसिर र पुषमा नेपाली फिल्म रिलिज नभएका होइनन् । तर, कुनैले दर्शक आकर्षित नै गर्न सकेनन् ।

सौन्दर्य प्रतियोगिताको जगमा उभिएर फिल्मसम्मको यात्रा तय गरेका एकाधको मात्र करिअर सुखद् देखिएको छ । प्रायः फिल्मको असफलताले संकटको अवस्थामा छन् । कतिले पलायनको बाटो समेत रोजिसकेका छन् । सन् २०१२ की मिस इन्टरनेशनल र सन् २०१७ की वर्ल्ड मिस यूनिभर्सिटीकी विजेता शुभेच्छा खड्कालाई पनि फिल्मको श्रृंखलाबद्ध असफलताले ठूलो धक्का दिएको छ ।

आगामी फागुन महिनामा फिल्म रिलिजको ठूलो चाप देखिने भएको छ । फागुन ११ गते ‘गोर्खा वारियर’, फागुन १८ गते ‘अगस्त्य’ र फागुन २५ गते ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ प्रदर्शनमा आउने निश्चित भैसकेको अवस्थामा अब बाँकी रहेको फागुन पहिलो हप्ता फिल्म ‘जिग्री’ प्रदर्शन हुने भएको छ । आइतबार तीन पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।