Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1825 - 1830 of 23994
फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सोमबार जारी पोस्टरमा फिल्मका मुख्य चार पात्रहरु ऋचा शर्मा, उत्पल झा, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की प्रस्तुत छन् । उनीहरुलाई गम्भीर भावमा देख्न सकिन्छ । यसले फिल्मको कथावस्तुमा सङ्घर्ष र गम्भीर भावनाहरूको मिश्रण रहेको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

सर्वाधिक कमाइको कीर्तिमानी बनाएको फिल्म ‘पूर्णबहादुरको सारंगी’को आइतबार आयोजित सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले यसको सिक्वेल निर्माणको औपचारिक घोषणा गरे । तर, न निर्देशक न त कलाकारको नाम सार्वजनिक गरियो । फिल्मको सिक्वेल निर्माण हुने भएपछि यसका निर्देशक तथा कथाकार सरोज पौडेलले भने असहमति व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-27, सोमवार

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’को दोस्रो भाग अर्थात् सिक्वेल निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको फिल्म सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले सिक्वेल निर्माणको घोषणा गरेका हुन् । यो फिल्मसँगै उनले यसअघि नै पोस्टरमार्फत् घोषणा भइसकेको फिल्म ‘रोल नं १’ २०८२ सालमा प्रदर्शन हुने पनि जानकारी गराए ।

फिल्मीखबर, काठमाडौं, 2025-01-26, आईतवार

घरेलु बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान बनाएको ‘पूर्णबहादुरको सारंगी’ले अभिनेता विजय बरालको करिअर नै कायापलट गरिदिएको छ । यसअघि उनी सहायक भूमिकामा बढी देखिन्थे । पारिश्रमिक ५ लाख पाउन पनि उनलाई गाह्रो पर्थ्यो । तर, ‘सारंगी’को सफलतापछि उनको पारिश्रमिक ५ गुणा बढेको छ भने मुख्य भूमिकामा फिल्म अफरको ओइरो नै लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-26, आईतवार

आगामी चैत १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक फर्स्टलुकमा कलाकार वीरेन्द्र सिंह कुशवाहालाई मात्र चित्रित गरिएकोमा नयाँ पोस्टरमा भने फिल्मका मुख्य पात्रहरु कविता आले, प्रकाश घिमिरे, प्रवीण खतिवडा, शिशिर बाङ्देल, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, नूतन र राज थापा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-26, आईतवार

गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ र यही बुधबारबाट प्रदर्शन हुन लागेको ‘एक्टर : टेक वन’को नाम विवाद अदालत प्रवेश गरेको छ । फिल्म रिलिजपूर्व ‘हामी नै असली एक्टर हौं’ भन्दै पत्रकार सम्मेलन गरेका निर्माताले आइतबार अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् ।

Results : 1825 - 1830 of 23994