मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1831 - 1836 of 22573
फिल्मीखबर, काठमाडौं, २०८० माघ ७, आईतवार

अष्ट्रेलियाको भिक्टोरियास्थित वाल्हालामा नेपालको पहिचान र संस्कृति झल्किने गरी तयार गरिएको सेटमा हलिउड फिल्म ‘आइस रोड २’को छायांकन भैरहेको छ । त्यहाँको सडकदेखि घर र होटलसम्मलाई नेपालको हिमाली भेगको झल्को दिने गरि सजाइएको छ । फिल्मको छायांकनका लागि नेपाल पुलिस लेखिएको केही भ्यान र नेपालको झण्डा इंकित एक बस समेत तयार गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ७, आईतवार

गायनमा सफल मानिएको जोडी प्रकाश सपूत र शान्तिश्री परियारले पहिलोपटक फिल्मको गीतमा सहकार्य गरेका छन् । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतको सातौं फिल्म ‘पूजार सार्की’को एक गीतमा उनीहरुले स्वर भरेका हुन् । यो जोडीले ‘गलबन्दी’, ‘बोल माया’, ‘दमाई महाराज’ जस्ता चर्चित गीतमा सहकार्य गरिसकेको छ । अब फिल्मको गीतमा पनि दुवैको स्वर गुञ्जिन लागेको हो ।

एजेन्सी, मुम्बई, २०८० माघ ६, शनिवार

२२ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘गदर’को दोस्रो सिक्वेलले गत वर्ष भारतीय बक्स अफिसमा ५ सय करोडमाथिको ‘रेकर्ड’ बनायो । यो व्यापार बलिउडका लागि कुनै ‘सरप्राइज’भन्दा कम थिएन । किनकि, प्रदर्शनपूर्व फिल्मको उत्तिधेरै चर्चा थिएन । तर, नामै ब्रान्ड भएकाले ‘गदर २’ले अप्रत्यासित रुपमा सफलता हासिल गर्‍यो । अब यसको तेस्रो सिक्वेल पनि निर्माण हुने भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ६, शनिवार

फिल्मको हाइप निर्माण गर्न गीतको ठूलो भूमिका हुने गर्छ । यसैले गीतको अडियो र भिडियो स्तरीय बनाउन निर्माताले लाखौं खर्च गर्ने गरेका छन् । तर, यतिबेला गीतमाथिको लगानी बालुवामा पानीझैँ भैरहेको देखिन्छ । वर्षमा एकाध गीत मात्र चर्चामा आउँछन्, बाँकी त युट्युबमै हराउँछन् । यसैले अचेल गीतलाई जबर्जस्ती हिट देखाउन डलर तिरेर युट्युबमा भ्यूज थुपार्ने ट्रेन्ड फस्टाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ५, शुक्रवार

केही वर्षयता अमेरिकामा बस्दै आइरहेका अभिनेता राजबल्लभ कोइरालाले फिल्म ‘कामिनो’बाट ९ वर्षपछि कमब्याक गर्ने निश्चित भएको थियो । तर पछि फिल्मको निर्माण अन्योल भएपछि उनी सहमतिमै बाहिरिएका थिए । अब अर्को फिल्म ‘एक्टर’बाट उनले कमब्याक गर्ने भएका छन् । शुक्रबार आफू चित्रित फिल्मको एक पोस्टर फेसबुकमा सेअर गर्दै उनले कमब्याक पुष्टि गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ५, शुक्रवार

व्यक्तिगत जीवनमा आएको उतार-चढावपछि अभिनेत्री शिल्पा पोखरेल ५ वर्षदेखि फिल्मबाट टाढा देखिएकी छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘भिलेन’ हो, जुन सन् २०१९ मा रिलिज भएको थियो । यसपछि उनले नयाँ फिल्म सम्झौता गरेको जानकारीमा छैन । बरु यो बीचमा उनले तीनवटा जति भोजपुरी फिल्ममा काम गरिन् । नेपाली फिल्ममा भने उनको कमब्याक अझै अनिश्चित छ ।

Results : 1831 - 1836 of 22573