Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1801 - 1806 of 23994
फिल्मीखबर, काठमाडौं, 2025-01-31, शुक्रवार

अभिनेता सलोन बस्नेतको निर्माण तथा मुख्य भूमिका रहेको फिल्म ‘रंगी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक तीन मिनेट लामो ट्रेलरले बाबु-छोरीको भावनात्मक सम्बन्धको कथालाई पेस गरेको छ । छोरीका लागि एकल बाबुले गरेको दुःख, मिहिनेत, त्याग र समर्पणलाई फिल्मले मुख्य कथावस्तु बनाएको सार्वजनिक ट्रेलरबाट प्रष्ट हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-31, शुक्रवार

आगामी नयाँ वर्षलाई लक्षित गरेर चैत २९ गते तीनवटा फिल्म प्रदर्शनमा आउने तयारीमा छन् । ती फिल्महरु हुन्, ‘कर्मा’, ‘नरसिंहा अवतार’ र ‘पिताम्बर’ । रोचक कुरा के छ भने यी तीनवटै फिल्म एक्सन प्रधान हुन् । एउटै मितिमा एउटै जनराका तीनवटा फिल्म आउनु व्यापारिक हिसाबले निकै जोखिमपूर्ण रहन्छ । तर, तीनवटै फिल्मका निर्माता घोषित मितिबाट पछाडि हट्ने पक्षमा छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-31, शुक्रवार

अन्ततः फिल्म ‘एक्टर : टेक वान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । अर्को ‘एक्टर’का निर्माताले काठमाडौं जिल्ला अदालतमा हालेको मुद्धा शुक्रबार फिर्ता लिएसँगै फिल्म प्रदर्शनमा आएको हो । मुद्धा फिर्ता भएको जानकारी अदालतले एक पत्रमार्फत् नेपाल चलचित्र संघलाई पनि गराएको छ । योसँगै बिहान १० बजेपछि देशका अधिकांश हलहरुले फिल्म देखाउन सुरु गरिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-31, शुक्रवार

लोककथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर बन्न लागेको फिल्ममा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । यसमा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा निश्चित भइसकेकी छन् । धेरैलाई उनको जोडीको रुपमा को देखिएला भन्ने चासो बढेको थियो । अब उनको जोडीको पनि लगभग टुंगो लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-31, शुक्रवार

आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक गरिएको छ । शुक्रबार बिहान युट्युबमार्फत् सार्वजनिक गीतमा फिल्मका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । गीतमा उनीहरुको प्रेम छल्किएको छ । प्रवीण सिंहको कोरियोग्राफीमा बनेको भिडियोमा मेकिङ क्वालिटी उच्च देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-30, बिहिवार

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको पहिलो फिल्म हो, ‘एक्टर : टेक वान’ । तर, उनको डेब्यु फिल्म कहिले भिडन्तको डरले सर्‍यो त कहिले नामलाई लिएर विवाद उत्पन्न भएपछि अदालतले नै रिलिज रोकिदियो । गत कात्तिक १५ गतेबाट सरेर यो फिल्म माघ १६ गते आइपुगेको थियो । तर, अदालतले रिलिज रोक्न आदेश दिएपछि उक्त मितिमा पनि फिल्म रिलिज हुन पाएन ।

Results : 1801 - 1806 of 23994