मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1795 - 1800 of 22573
फिल्मीखबर, काठमाडौं, २०८० माघ १५, सोमवार

कुनै बेला घनिष्ट मानिएका पूजा शर्मा र पल शाहबीच अहिले हार्दिक सम्बन्ध छैन । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुँदा पल जेलमा थिए । त्यसबेला पूजाले पललाई सम्झिँदै हल-हल पुगेर आँसु झारेकी थिइन् । फिल्मको व्यापारमा त्यसले राम्रै फाइदा गर्‍यो । पललाई भेट्न उनी धेरैपटक जेल पनि पुगिन् । तर, पल जेलबाट रिहापछि भने उनीहरु एकअर्कासँग टाढा बनिरहेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ १५, सोमवार

अभिनेता रमित ढुंगानाले पहिलोपटक निर्देशन गर्न लागेको फिल्म ‘नमेटिने घाउ’मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनय गर्ने भएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको शुभमुहूर्त गर्दै ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्ने जानकारी गराइयो । मुहूर्त समारोहमा ओलीले ‘एक्सन’ भन्दै एक दृश्यको निर्देशन समेत गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ १४, आईतवार

लगालग फिल्म सम्झौता गर्दा यतिबेला अभिनेता दयाहाङ राईलाई भ्याइनभ्याइको अवस्था छ । यसै साता फिल्म ‘डिग्री माइला’को छायांकन सकेर अर्को फिल्म ‘भूठान’का लागि अमेरिका पुगेका उनी नेपाल आएपछि ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको नयाँ फिल्म ‘मनसरा’को छायांकनमा जोडिनुपर्नेछ । यतिबेला उनीबाहेकको सिन २० दिनदेखि ललितपुरको नख्खीपोट आसपासमा खिचिँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ १४, आईतवार

सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘द अनब्रेकेबल अगस्त्य’को ‘एक्सन प्याक्ड’ टिजर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको झण्डै दुई मिनेट लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ । बदलाको कथालाई मियो बनाएर मधेशमा हुने गरेको अपराधको घटनामा फिल्म केन्द्रित रहेको टिजरले बुझाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ १४, आईतवार

अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलोपटक सहकार्य गरेको फिल्म ‘खुस्मा’को पहिलो चरणको छायांकन सुरु भएको छ । यही माघ १० गते (बुधबार)बाट फिल्मको छायांकन सुरु गरिएको हो । हिउँका दृश्यहरु फिल्मको महत्वपूर्ण अंग भएकाले निर्माण टिम सुरुमै मनाङमा छायांकनका लागि पुगेको हो । मनाङपछि फिल्मको बाँकी छायांकन पूर्वी रुकुममा हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ १४, आईतवार

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को जुरी कमिटीमा अभिनेत्री दीया मास्के, अभिनेता प्रदीप खड्का र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन् । प्रदीप फिचर फिल्मतर्फ, दीया सर्ट/डकुमेन्ट्री फिल्म र डकुमेन्ट्रीतर्फ र किशोर डनकिहोटे अवार्डको निर्णायकमा रहने जनाइएको छ । खड्का र मास्केले निफको छैटौं संस्करणमा ‘प्रकाश’बाट अवार्ड समेत जितेका थिए ।

Results : 1795 - 1800 of 22573