Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1783 - 1788 of 24234
फिल्मीखबर, काठमाडौं, 2025-04-02, बुधवार

गायक तथा अभिनेता प्रकाश सपूतको डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’को मल्टीप्लेक्सहरुले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बिक्री सुरु गरेका छन् । मंगलबारदेखि फिल्मको टिकट बुकिङ खुलेको हो । फिल्मले पाएको शो संख्या हेर्दा हल सञ्चालकहरूले ठूलो विश्वास गरेको देखिन्छ । बुधबार अपराह्नसम्म फिल्मले पहिलो दिनका लागि साढे २ सय बढी शो पाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-02, बुधवार

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्न लागेको फिल्म ‘चमेलीको पोई’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । गत वर्ष नारायण त्रिपाठी (प्रेम चरो)लाई मुख्य भूमिकामा अनुबन्धित गरिएको फिल्ममा अब सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा, उमेश राई (फुलन्देकी आमा), रजनी गुरुङ, खड्गबहादुर पुन, बबिन राई लगायतको प्रवेश भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-02, बुधवार

केही दिनअघि निर्देशक दीपेन्द्र के. खनालले फेसबुकमार्फत् फिल्म ‘के घर के डेरा : घर नम्बर २’ आगामी जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी गराएका थिए । तर, अब यो फिल्म एक हप्ता अगाडि सरेको छ । अर्थात् जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसको जानकारी फिल्मका वितरक करण श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमार्फत् गराएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-01, मंगलवार

एक दशकअघिसम्म डायरी (अटो)का पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनले गीत, गजल, मुक्तकसहितका प्रेमिल शब्द कोर्ने प्रचलनजस्तै थियो । डायरीका पानामा फोटोहरू टाँसिन्थे अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरहरूमा कैद गरिन्थ्यो । तर, डिजिटल युगको उदयसँगै त्यो प्रचलन हराउँदै गइरहेको छ । अब त्यो समयलाई सम्झाउन फिल्म ‘ऊनको स्वीटर’ बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-04-01, मंगलवार

गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले गायनमा साथ दिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-04-01, मंगलवार

कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’को एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १६ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्म महिलामाथि हुने अत्याचारको कथामा बनेको प्रष्ट पार्छ । पिताम्बर पात्र अर्थात् प्रदीप खड्काले आमामाथि भएको अन्यायको बदला लिन गरेको संघर्षको वरिपरि ट्रेलर घुमेको छ ।

Results : 1783 - 1788 of 24234