Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1783 - 1788 of 23993
फिल्मीखबर, काठमाडौं, 2025-02-04, मंगलवार

सम्पादन र निर्देशन दुवै विधामा आफूलाई स्थापित गरेका सुरेन्द्र पौडेल अब चौथो फिल्मको रुपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने तयारीमा छन् । यसको घोषणा करिब एक वर्षअघि नै भएको थियो । तर, कलाकार, निर्माता र लेखक फेरबदलका कारण निर्माण अन्योल बनेको थियो । अब भने आगामी फागुन पहिलो साताबाट फिल्मको छायांकन सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2025-02-03, सोमवार

आगामी फागुन २ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको दिन पारेर सोमबार सार्वजनिक चार मिनेट लम्बाईको ट्रेलर एक पात्रको वरिपरि घुमेको छ, जो यौन दुर्बलता (इरेक्टाइल डिस्फङ्कसन)बाट पीडित छ । उसमा यौन चाहना भएपनि यौन दुर्बलताका कारण भोग्नुपरेको समस्यालाई ट्रेलरमा हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-03, सोमवार

नेपाली फिल्मको इतिहासमा एउटा महत्त्वपूर्ण फिल्म मानिन्छ, ‘मनको बाँध’ । २०३० सालमा प्रदर्शन भएको यो फिल्म शाही नेपाल चलचित्र संस्थानले स्थापनाको २ वर्षपछि निर्माण गरेको थियो । यो राज्यबाट मनोरञ्जन कर छुट पाउने पहिलो नेपाली फिल्म हो । अब यही नाममा ५ दशकपछि अर्को फिल्म बन्ने भएको छ । सोमबार थिम पोस्टरमार्फत् ‘मनको बाँध’को निर्माण घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, 2025-02-03, सोमवार

आगामी चैत्र १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको गायन छ । सहायक स्वर सुनी थापाले दिएकी छिन् । राजनराज स्वयंको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन राजन ईशानले गरेका छन् ।

Results : 1783 - 1788 of 23993