
सरकारले विभिन्न नाममा ३३ प्रतिशतभन्दा बढी कर लिन थालेपछि त्यसको विरोधमा सोमबार देशभरका हलहरु बन्द गरिएको छ । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको निर्णयअनुसार मूल्य अभिवृद्धि करबाहेकका अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा हल बन्द गरिएको हो । मंगलबारबाट भने हलहरु यथावत् रुपमै सञ्चालनमा आउनेछन् ।

कमेडी-क्राइम तथा एक्सन विधामा बनेको फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे २ मिनेट लम्बाईको ट्रेलरमा पैसाले उत्पन्न गराएको परिस्थितिलाई रोचक ढंगले चित्रण गरिएको छ । पैसाको चक्करमा दुई युवा कसरी समस्यामा पर्छन् र त्यसबाट उम्कन उनीहरुले गर्ने संघर्षमा ट्रेलर आधारित छ । कमेडी जनरा मनपराउने दर्शकका लागि फिल्म रुचिकर हुनसक्ने देखिन्छ ।

‘साइँला’ उपनामले परिचित अभिनेता गौरव पहारी बैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार मुलपानीस्थित नर्लिङ रिसोर्टमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाह समारोहमा दुई पक्षका पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थिति थियो । गत असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो ।

कुनै पनि फिल्म सहायक पात्रबिना अपुरो हुन्छ । फिल्ममा मुख्य पात्रलाई काँध थाप्न सहायक पात्रकै ठूलो भूमिका रहन्छ । नेपाली फिल्ममा केही यस्ता कलाकार छन्, जो सहायक भूमिकामा उच्च रोजाईमा छन् । त्यसमध्ये एक हुन्, विजय बराल । विशेषगरी अभिनेता दयाहाङ राईसँग उनको केमेन्ट्री रुचाइने गरिन्छ । ‘कबड्डी’ सिरिजमा दयाहाङको पात्रलाई बलियो बनाउने नै उनै हुन् ।

दुई-दुईपटक बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा अवार्ड जितेका चाइनिज निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत प्रमुख निर्णायकको रुपमा जोडिएका छन् । महोत्सवका अध्यक्ष केपी पाठकले सिए फेईले निर्णायकको भूमिकासँगै फिल्म लेखन तथा निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिन लागेको जानकारी गराए ।

अभिनेता, गायक तथा संगीतकार कोशिश क्षेत्री विवाह बन्धनमा बाँधिएका छन् । उनले यही माघ १७ गते (बुधबार) हेटौंडा स्थायी घर भएकी प्रेमिका सन्ध्या ढुंगानासँग लगनगाँठो कसेका हुन् । त्यसो त कोशिशको घर पनि हेटौंडा नै हो । उनीहरुले गत वर्षको माघमा इन्गेजमेन्ट गरेका थिए । यो जोडी करिब ५ वर्षदेखि प्रेम सम्बन्धमा थियो ।