
यतिबेला नेपाली फिल्म क्षेत्रका मियो हुन्, दयाहाङ राई । उनकै वरिपरि फिल्म क्षेत्र घुमेको छ । यस वर्ष घोषणा भएका फिल्मदेखि प्रदर्शन हुन लागेका फिल्मसम्म प्रायः दयाहाङका छन् । अहिले उनको नियति कस्तो आएको छ भने आफ्नै फिल्म भिड्न थालेका छन् । गत बैशाख १ गते ‘जारी’ र ‘बिहे पास’बीच भिडन्त भएको थियो । अब यही माघ २६ मा ‘हात्तीछाप’ र ‘दयारानी’ भिड्दैछन् ।

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘उपहार’को वियोगान्त भावको गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मनोभाव र परिघटनालाई दर्शाइएको छ । मुकुन भुषाललाई गम्भीर रोग देखिएपछि उत्पन्न परिस्थितिको वरिपरि गीत बुनिएको छ ।

महाशिवरात्रीको दिन पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । अघिल्लो हप्ता सार्वजनिक भएको ‘हातैले उघाएर’ गीतमा नृत्य गरेर आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्दा उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सकिने फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताएका छन् ।

वर्षेनि अमेरिकामा आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण अगामी वर्षको असार ७ देखि १० गते (२०२४ जुन २० देखि २३) सम्म हुने भएको छ । अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।

आगामी वर्षको दशैंमा फिल्म रिलिजको चाप देखिने भएको छ । ‘बलिदान’ र ‘छक्का पञ्जा ५’ले दशैं ‘रिजर्भ’ गरिसकेको अवस्थामा अब फिल्म ‘ह्रस्व दीर्घ’ पनि थपिएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो । पोस्टरमा साउथका चर्चित अभिनेता ब्रह्मानन्दम चित्रित छन् । उनलाई ‘पण्डित’ अवतारमा देख्न सकिन्छ ।

फिल्म असफल हुँदा त्यसको प्रभाव कलाकारको करिअरमा पर्ने विश्लेषण हुने गरेको छ । तर, अभिनेत्री आँचल शर्माको हकमा त्यसको ठीक विपरित देखिन्छ । गत बैशाखमा उनी अभिनीत फिल्म ‘नाईं नभन्नू ल ६’ प्रदर्शन भएको थियो । ब्रान्ड नामको बावजूद पनि यो फिल्म ‘डिजास्टर’ बन्यो, जुन आँचलका लागि ठूलो धक्का थियो । तर, यसले उनको करिअरमा भने असर पारेको छैन ।