Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1771 - 1776 of 23511
फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन ९, बुधवार

दशैंको अवसर पारेर असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले दर्शकलाई आकर्षित गर्न प्रचारमा विभिन्न शैली अपनाइरहेका छन् । केही दिनअघि फिल्मको लोकप्रिय गीत ‘छड्के सलाम’मा कभर भिडियो बनाउनेमध्ये उत्कृष्ट एउटालाई फिल्ममा समावेश गर्ने घोषणा गरिएको थियो । अब अर्को प्रतियोगिताको पनि घोषणा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन ९, बुधवार

‘स्मार्ट फोन’ र ‘सोसल साइट्स’को बढ्दो प्रयोगले कुनै पनि कुरा गोप्य रहन असम्भवझैं भइरहेको छ । यसबाट नेपाली फिल्म पनि प्रताडित छ । छायांकन भइरहँदाको दृश्य टिकटक जस्ता प्लेटफर्ममा आइदिन्छन् । फिल्म रिलिजपछि हलभित्रै खिचेर सामाजिक सञ्जालमा हाल्ने प्रवृत्ति पनि उस्तै छ । जसले गर्दा करोडौं खर्चेर फिल्म बनाएका निर्माताहरू ठूलो आर्थिक क्षति बेहोर्न बाध्य छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन ८, मंगलवार

विदेशमा आफ्नो बच्चा हुने भएपछि नेपालबाट आमा-बुबालाई बोलाउने प्रचलनजस्तै भइसकेको छ । यसलाई नेपाली समाजमा भने व्यंग्यात्मक रुपमा तेल भिसा भन्ने गरिन्छ । यही नाममा बनेको फिल्म ‘तेल भिसा’ आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुँदैछ । शंकर घिमिरेको लेखन र निर्देशनमा तयार भएको फिल्ममा अभिनेता विपिन कार्कीले बाबु-छोरा गरी दोहोरो भूमिका निर्वाह गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन ८, मंगलवार

सन् २००८ मा ‘सानो संसार’ शीर्षकमा फिल्म बनेको थियो । यसलाई लभस्टोरीमा एउटा जीवन्त फिल्म मानिन्छ । यही नाम सापटी लिएर एकपटक फेरि फिल्म बनेको छ तर फरक विषयमा । यही शुक्रबार (असोज ११ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्मले मध्यमवर्गीय परिवारको कथालाई उठाएको छ । ‘चपली हाइट’ श्रृंखलाका निर्माता अर्जुन कुमारले यो फिल्मको निर्माण गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन ८, मंगलवार

२०७२ सालमा गएको भूकम्पपछि अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ सामाजिक कार्यमा सक्रिय भए । त्यसपछि उनको कलाकारिता यात्रा सुस्तायो । चितवनमा रंगशाला निर्माणको क्रममा भने उनले ‘सेन्टी भाइरस’बाट फिल्ममा कमब्याक गरेका थिए । यसमा उनी स्वयंको निर्माण थियो । तर, फिल्म नराम्रोसित डुब्यो । यसपछि उनले न फिल्म बनाउने आँट गरे न त कुनै फिल्ममा अभिनय गरे ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन ७, सोमवार

‘नौं डाँडापारी’ र ‘मंगलसुत्र’ फिल्मका निर्माता मनोज कुमार अधिकारीले १५ वर्षपछि निर्माणमा कमब्याक गरेको फिल्म ‘फिरफिरे फिरिरी’ आगामी कात्तिक २२ गते (छठ पर्व)बाट प्रदर्शनमा आउने भएको छ । सोमबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा एक युवतीले हाँकेको स्कुटरलाई तीन युवकले पछाडिबाट तानिरहेको देखिन्छ ।

Results : 1771 - 1776 of 23511